IME Life

कमजोर पूर्वाधारका कारण अभिकर्ता लाइसेन्सको अनलाइन परिक्षामा सहभागि हुनेलाई सकस

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन माध्यमबाट गत कात्तिक महिनादेखि अभिकर्ता इजाजत पत्रका लागि परिक्षा सञ्चालन गरेको छ। परिक्षा सञ्चालनसँगै इजाजत पत्रको नतिजा तत्कालै सार्वजनिक गरेर प्राधिकरणले इजाजत पत्र वितरणको काम गरि रहेको छ।

प्राधिकरणले लामो समयको गृहकार्य पछि अभिकर्ता इजाजत पत्रका लागि परिक्षा सञ्चालनमा ल्याए पनि बीमकले अझैसम्म पनि परिक्षाका लागि आवश्यक पूर्व तयारी गरेका छैनन् । परिक्षामा सहभागि हुने परिक्षार्थीलाई अनलाइनमाध्यमबाट परिक्षा हुन्छ भन्ने मात्र जानकारी गराइन्छ, तर परिक्षा सञ्चालन हुनुपूर्व नै अनलाइन परिक्षाको अभ्यास(मक अप टेष्ट) मा सहभागि नगराइँदा परिक्षार्थीले परिक्षाको समयमा बीमकको कर्मचारीको मुख ताक्नुपर्ने बाध्यात्मक अवस्था छ।

Prabhu
Crest

परिक्षार्थीको छेउमा उभिएका बीमकको कर्मचारीले परिक्षार्थीलाई इशारा गर्दै एक पछि अर्को कदम(स्टेप)का बारेमा बताउनुपर्ने बाध्यता छ। बीमकले मोक अप टेष्टका लागि आफै‌ंले सफ्टवेयर तयार पार्न खर्चिलो हुने भएकाले प्राधिकरणले नै परिक्षा अगावै परिक्षार्थीहरुलाई मोक अप टेष्टमा सहभागि हुनका लागि कुनै पोर्टल उपलब्ध गराई दिए वा सबै बीमकको मोबाइल एप्समा उपलब्ध हुने गरी मोक अप टेष्ट को सुविधा उपलब्ध गराउन सके परिक्षार्थीहरु परिक्षामा सहभागिताका लागि बीमकको कार्यालय नै धाउनुपर्ने बाध्यता हुँदैन ।

यसबाहेक बीमकको कार्यालयमा सूचना प्रविधिका साधनको सीमित उपलब्धताले परिक्षार्थीहरुलाई परिक्षामा निवार्धरुपमा सहभागि हुन चुनौतीको सामना गर्नु परेको छ।  अधिका‌ंश बीमकको कार्यालयमा एउटा मात्र कम्प्युटर उपलब्ध छ। प्राधिकरणले तोकेको समयमा एउटा मात्र कम्प्युटरका माध्यमबाट परिक्षार्थी सहभागि गराउँदा १ घण्टाको अवधिमा बढीमा ५ जना परिक्षार्थी मात्र सहभागि हुनसक्छन् । यसले अभिकर्ता उत्पादनको स्वाभाविक गतिमा अवरोध सिर्जना गरेको गुनासो बीमकको छ।

अनलाइन परिक्षाका लागि कम्प्युटर, पावर ब्याक अप, भरपर्दो इन्टरनेट लगायतका पूर्वाधार थप्दा एउटा कार्यालयमा कम्तीमा १ लाख रुपैयाँ भन्दा बढी लगानी आवश्यक पर्छ। बीमकको शाखा कार्यालयहरुमा पर्याप्त संख्यामा कम्प्युटर, पावर ब्याक अप र भरपर्दो इन्टरनेट सुविधा उपलब्ध भएपनि उपशाखाहरूमा विद्युतीय उपकरण उपलब्धताको अवस्था ज्यादै कमजोर छ। निक्कै सुस्त गतीको कम्प्युटर र उतिक्कै सुस्त गतीको इन्टरनेटका कारण अनलाइन परिक्षाको समयमा बीमकका कर्मचारी र परिक्षार्थी दुबै हैरान छन्।

”अभिकर्ता उत्पादनको गति सुस्त हुँदा त्यसको सिधा असर व्यापारमा परिरहेको छ”, जीवन बीमा कम्पनीका एक प्रबन्धकले भने, ”मन्दीका बेला त्यसै पनि व्यापार नभइरहँदा लाइसेन्सको अर्को झण्झट आइ लागेको छ।”

प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका २०७९ मार्फत् शाखा उपशाखा कार्यालयमा न्यूनत्तम जनशक्तिको संख्या निर्धारण गरेपनि भौतिक पूर्वाधार सम्बन्धमा कुनै स्पष्ट संख्या उल्लेख गरेको छैन । आवश्यकता अनुसारको विद्युतीय उपकरणको व्यवस्था गर्नुपर्नेछ भन्ने वाक्या‌ंशले मात्र बीमकलाई पूर्वाधारमा लगानी गर्न बाध्य बनाउँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

60%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS