IME Life

मंसिरमा निर्जीवन बीमकको व्यवसाय रु. ३ अर्ब हुँदा सरकारी स्वामित्वको बीमकको व्यापार सबैभन्दा कम

SPIL
NIC ASIA

काठमाडौं ।  आर्थिक वर्ष २०८०/ ८१ को मंसिर महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले करिब ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । इजाजत प्राप्त १४ निर्जीवन बीमा कम्पनीले मंसिर महिनामा २ लाख ७२ हजार ३८५ वटा बीमालेख बिक्री गरी २ अर्ब ९९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । मंसिर महिनासम्ममा निर्जीवन बीमा  कम्पनीहरुले कुल बीमा शुल्कवापत १५ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेका छन् ।

बीमाशुल्क आम्दानीका हिसाबले सरकारी स्वामित्वको निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीको कार्य सम्पादन ज्यादै कमजोर रह्यो । यसले मंसिर महिनामा जम्मा  ४ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । निर्जीवन बीमकमध्येको भारतीय बीमकको शाखाका रुपमा रहेको नेशनल इन्स्योरेन्सले ८ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार कूल १४ निर्जीवन बीमकमध्ये यी दुई बाहेक सबै बीमकले चार अ‌ंकको व्यापार गरेका छन् ।

Prabhu
Crest

मंसिर महिनामा सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी रहेको छ । कम्पनीले एक महिनामा ३९ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियर रहेको छ । कम्पनीले यस अवधिमा ३१ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक महिनामा ३० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २८ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २७ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २६ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआईसीले २५ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सले २० करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १८ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १३ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी नेपाल इन्स्योरेन्सले १२ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS