IME Life

एमडीआरटी २०२४ का लागि योग्य बन्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । सन् २०२३ को अन्त्यका लागि आज १ दिन मात्र बाँकी छ। इस्वी सम्वतको जनवरी देखि डिसेम्बरसम्म १२ महिनाको अवधिको बीमा व्यवसायको आधारमा योग्य ठहरिने भएकाले आजको मितिसम्ममा अभिकर्ताले गर्ने व्यवसायको आधारमा सन् २०२४ का लागि  मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) का लागि योग्यता ठहरिनेछ।

जम्मा १ दिन बाँकी भएकाले अभिकर्ताहरु जतिको तनावमा छन्, जीवन बीमा कम्पनीका बजार विभाग प्रमुख र प्रमुख कार्यकारी अधिकृतहरु पनि उत्तिक्कै तनावमा देखिन्छन् ।चालू आर्थिक वर्ष २०८०।८१ को पहिलो अर्द्ध वार्षिक अर्थात् पौष मसान्तको लक्ष्य भेट्नुपर्ने समय भएकाले पनि बीमा कम्पनीहरुका लागि सप्ताहन्त र सार्वजनिक बिदा शायद यो महिनाको क्यालेण्डरबाट मेटाइएको छ।

Prabhu
Crest

जीवन बीमा कम्पनी र तिनका कर्मचारीका साथै बीमा अभिकर्ताहरुको सामाजिक सञ्जालमा पोहोरको तुलनामा यसपटक एमडिआरटी योग्य भएकाहरुलाई बधाईका सामाग्रीहरु तुलनात्मकरुपमा थोरै देखिएका छन् ।

के हो एमडिआरटी ?

मिलियन डलर राउण्ड टेबल वित्तीय सल्लाहकार प्रायःजसो बीमा अभिकर्ताको अन्तर्राष्ट्रिय स‌ंस्था हो । यो स‌ंस्थाले आफ्नो सदस्यता वितरणका लागि प्रत्येक वर्ष मुलुक पिच्छेका अभिकर्ताका लागि फरक फरक व्यवसायीक लक्ष्य निर्धारण गर्छ। तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्ताले महँगो सदस्यता शुल्क भुक्तानी गरेर आफूले गरेको व्यवसायका आधारमा एक पटकका लागि सदस्यता हात पार्न सक्छन् । सदस्यता नविकरणका लागि पुनः व्यवसायीक लक्ष्य पुरा गरेर योग्यता हासिल गर्नुपर्छ र पुनः महँगो सदस्यता शुल्क भुक्तानी गर्नुपर्छ।

के हो योग्यताको मापदण्ड ?

एमडिआरटी अन्तर्गत तीन तहको योग्यता क्रम निर्धारण गरिएको हुन्छ।  पहिलो एमडिआरटी, दोश्रो सिओटी र तेश्रो टिओटी । सन् २०२३ मा कूल ३७ लाख ९२ हजार ३००  प्रथम बीमाशुल्क स‌ंकलन गर्नेलाई एमडिआरटी, कूल १ करोड १३ लाख ७६ हजार ९००  प्रविशुल्क स‌ंकलन गर्नेलाई टिओटी र कूल २ करोड २७ लाख ५३ हजार ८०० सय प्रविशु स‌ंकलन गर्नेलाई सिओटी तहको सदस्यता वितरण गर्नेछ।

कति लाग्छ खर्च ?

एमडिआरटीका लागि ६०० अमेरिकी डलर, सिओटीका लागि ६५० अमेरिकी डलर र टिओटीका लागि ११५० अमेरिकी डलर सदस्यता शुल्क निर्धारण गरिएको छ। यस हिसाबले सदस्यता शुल्कवापत एमडिआरटीका लागी ८० हजार सिओटीका लागि ८६ हजार ७ सय र टिओटीका लागि १ लाख ५३ हजार ५५५ रूपैयाँ सदस्यता शुल्क भुक्तानी गर्नुपर्छ। यो शुल्क एक वर्षका लागि मात्र मान्य हुन्छ।

अरु पनि केही खर्च लाग्छ र?

यसका अतिरिक्त क्यानेडाको भ्यानकुभरमा आगामी जुन महिनामा आयोजना गर्न लागिएको एमडिआरटी विश्व सम्मेलनमा सहभागिता लागि एमडिआरटीले ९९५ अमेरिकी डलर (१ लाख ३२ हजार ८६०), सिओटीले १०९५ अमेरिकी डलर (१ लाख ४६ हजार) र टिओटीले लागि ११९५ अमेरिकी डलर (१ लाख ५९ हजार ५६४) दर्ता शुल्कवापत भुक्तानी गर्नुपर्ने एमडिआरटीले जानकारी दिएको छ। यसमा कार्यक्रममा सहभागिताको शुल्क मात्र समावेश गरिएको छ। भिसा खर्च,आतेजाते हवाई टिकट र कार्यक्रम हुने शहरमा बसोबास तथा स्थानीय यातायातवापतको खर्च बेग्लै । हवाई टिकटका लागि इकोनोमि क्लासको एकतर्फी टिकटको मूल्य कम्तीमा १ हजार अमेरिकी डलर छ। दुईतर्फीको कम्तीमा २ हजार अमेरिकी डलर अर्थात् २ लाख ६७ हजार नेपाली रुपैयाँ खर्चिनुपर्छ। क्यानेडाको भिसा आवेदन शुल्क १३९ अमेरिकी डलर अर्थात् १८ हजार ५६० नेपाली रुपैयाँ छ। भिसा अस्वीकृत भएमा यो रकम खेर जानेछ।

उपलब्धी के पाइन्छ?

निजी खर्चमा विदेश भ्रमणको अवसरसँगै अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताको अवसर एमडिआरटीको आकर्षक पक्ष हो। यसले अभिकर्ताहरुलाई अन्तर्राष्ट्रियरुपमा सम्बन्ध स्थापित गर्न सघाउनुका साथै सफल वित्तीय सल्लाहकारहरुको अनुभव सुन्ने अवसर पनि दिलाउँछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS