IME Life
Beema Board

नेप्सेमा तीन कम्पनीको शेयर मुल्य समायोजन, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा थप तीन कम्पनीको बोनश शेयरपछिको मूल्य समायोजन भएको छ । आज नेप्सेमा हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी र फर्स्ट माइक्रोफाइनान्सको बोनश शेयरको मूल्य समायोजन भएको हो । यी ३ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।

फर्स्ट माइक्रोफाइनान्सको ७ दशमलव ५० प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरी ६२२ रुपैयाँ ३३ पैसा कायम गरेको छ । नेप्सेले कम्पनीको अन्तिम कारोबार मुल्य ६६९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनश शेयरपछि मुल्य समायोजन गरी ७२४ रुपैयाँ ०९ पैसा कायम गरेको छ । नेप्सेले कम्पनीको अन्तिम कारोबार मुल्य ७९६ रुपैयाँ ५० पैसाको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

तारागाउँ रिजेन्सीको ४ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरी ८३६ रुपैयाँ कायम गरेको छ । नेप्सेले अन्तिम कारोबार मुल्य ८७० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

भोलि यही समायोजित मुल्यको आधारमा दोस्रो बजारमा कम्पनीहरुको कारोबार खुल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS