IME Life
Beema Board

सप्रोस नेपालद्धारा बाली तथा पशुपन्छी बीमा सहजकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । सप्रोस नेपालले ग्रामिन स्तरमा बाली तथा पशुपन्छी बीमा सहजकर्ता विकास गर्ने उदेश्यले २ दिने बाली तथा पशुपन्छी बीमा सहजकर्ता तालिम सम्पन्न गरेको छ । उक्त तालिम पुस ४ र ५ गते होटल प्यासिफिक लहान, सिरहामा सम्पन्न गरेको हो । सिरहा र सप्तरी जिल्लामा सञ्चालित ग्रामिण महिलाहरुको आर्थिक संशक्तिकरण (JP RWEE) अन्तर्गत संयूक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रको आयोजना गरेको हो ।

यस तालिमको सहजिकरण सप्रोस नेपालले एनएलजी इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरन्सहरुसँगको सहकार्यमा सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा एनएलजी इन्स्योरेन्सको तर्फबाट संजय माझी र सानिमा जिआईसी इन्स्योरन्सको तर्फबाट राम कुमार साहले प्रशिक्षन दिएका थिए ।

Prabhu
Crest

उक्त तालिममा २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । उक्त तालिममा बाली तथा पशुपन्छी बीमा सम्बन्धी प्रशिक्षन दिइएको थियो । यस तालिम पश्चात २५ जना बीमा सहजकर्ताको भुमिकामा सप्तरी र सिरहा जिल्लाको गाउँ गाउँमा बीमा सचेतना पुर्याउने र कृषकहरु लाभान्वित भई देशको आर्थिक विकाशमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS