IME Life

हिमालयन रिइन्स्योरेन्सको आइपीओ बाँडफाँड, वैदेशिक रोजगारीमा रहेका कतिले पाए ?

SPIL
NIC ASIA

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि हिमालयन रिइन्स्योरेन्सले निष्कासन गरेको आइपीओ आज आइतबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।

हिमालयन रिइन्स्योरेन्सले मंसिर ४ गतेदेखि मंसिर १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा बिक्री खुला गरेको थियो। कम्पनीले कुल ३ करोड कित्ताको १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको थियो।

Prabhu
Crest

क्यापिटलका अनुसार यो आईपीओमा ३२ हजार ६४ आवेदकबाट ४३ लाख ३९ हजार १७० कित्ताका लागि आवेदन परेको थियो। जसमा ३२ हजार ५६ आवेदकबाट परेको कुल ४३ लाख ३८ हजार ६५० कित्ता शेयर सदर भएको छ।

क्यापिटलका अनुसार १० कित्तादेखि १७० कित्तासम्म शेयर माग गर्ने आवेदकले मागबमोजिम शेयर पाएका छन्। यो समूहलाई १७ लाख ९४ हजार ७१० कित्ता शेयर बाँडफाँड गरिएको छ।

यसैगरी १८० कित्तादेखि १९ हजार ५०० कित्ता शेयर माग गर्ने आवेदकले पनि १७० कित्ता दरले शेयर पाएका छन्। यो समूहलाई ११ लाख ७८ हजार ७८० कित्ता शेयर बाँडफाँड गरिएको छ। तिनै आवेदकलाई बाँकी रहेको २६ हजार ५१० कित्ता शेयर गोलाप्रथाबाट १० कित्ताका दरले थप बाँडफाँड गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS