IME Life
Beema Board

कुमारी बैंकद्वारा ४५ सय ग्राहकलाई ८ करोडको बीमा रकम भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका ४,५०० ग्राहकहरुलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ । कुमारी बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच,अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीहरु मार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

बैंकको तथ्यांक अनुसार यस योजना अन्तरगत सहरि तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबि रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ प्रतितश र १० प्रतितश तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक, ५४ प्रतिशत रकम भुक्तानी गरेको छ ।

Prabhu
Crest

कुमारी परिवार सुरक्षा बचत खातामा खातावाला सहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरुमाझ अत्याधिक लोकप्रिय रेहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS