IME Life

नेपालमा विदेशी पर्यटकको आगमन बढ्दा विदेशी मुद्रा आर्जन पचास प्रतिशतले बढ्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । विदेशी पर्यटकको आगमन बढेसँगै पर्यटन व्यवसायीको आम्दानी चम्केको छ। मुख्य पर्यटकीय गन्तव्यमा अधिका‌ंश होटल ८० प्रतिशतभन्दा बढी कोठा बुक भइसकेका छन् ।

राष्ट्र बै‌ंकले सार्वजनिक गरेको तथ्या‌ंकमा पनि पर्यटन व्यवसायबाट चालू आर्थिक वर्ष २०८०।८१ को असोज मसान्तसम्ममा विदेशी मुद्रा आर्जन ५१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७९।८० को यो अवधिसम्म पर्यटन क्षेत्रबाट ११ अर्ब २४ करोड वैदेशिक मुद्रा आर्जन भएको थियो। चालू आवको सो अवधिमा वर्ष नेपालले १७ अर्ब एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्ष ०७८/७९ को पहिलो त्रैमासमा पर्यटन सेवाबाट पाँच अर्ब ४२ करोड रुपैयाँबराबरको विदेशी मुद्रा मात्रै आर्जन भएको थियो ।

Crest

राष्ट‍्र बै‌ंकका अनुसार चालू आवको पहिलो त्रैमासिक अवधिभित्र नेपाल आएका २ लाख ४२ हजार १८५ पर्यटकबाट यति धेरै रकम आर्जन भएको हो ।

गत आवमा नेपालले पर्यटन क्षेत्रबाट ६१ अर्ब ५२ करोड रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गरेको थियो। अघिल्लो आवको पर्यटन सेवाबाट वैदेशिक मुद्रा आम्दानी ३२ अर्ब ४४ करोड रुपैयाँ नेपाली रुपैयाँ बराबर थियो । सन् २०२३ को अक्टोबरमा पर्यटक आगमन स‌ंख्याले पुरानो सबै रेकर्ड तोड्दै एक लाख १७ हजार पर्यटक आगमन भएको रेकर्ड दर्ज भएको छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS