काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा ५ लाख २४ हजार रहेको छ ।
३ महिनाको अवधिमा कम्पनीले ११ लाख ३८ हजार कुल बीमा शुल्क आर्जन गरेको छ भने पुनर्बीमामा २ लाख ४४ हजार खर्च गरेको छ । त्यस्तै कम्पनीले ८ लाख ९४ हजार खुद बीमा शुल्क आर्जन गरेको छ । पहिलो त्रैमासमा कम्पनीले १ लाख १३ हजार अभिकर्ता कमिशन अन्तर्गत खर्च गरेको छ ।
५२ करोड ५० लाख शेयर पुँजी भएको कम्पनीको महाविपत्ति जगेडामा ६ लाख ६ हजार, संचित मुनाफा ४५ लाख ४९ हजार र अन्य इक्ववीटी ६० हजार रहेको छ । असार मसान्तको तुलनामा महाविपत्ती जगेडा ९ दशमलव ३९ प्रतिशत, संचित मुनाफा ११ दशमलव ४४ प्रतिशत र अन्य इक्ववीटी ९ दशमलव ०९ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष असार मसान्तमा ३१ हजार रहेकोमा असोज मसान्तमा ६ लाख ४ हजार पुगेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ४० पैसा रहेको छ ।