काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी कम्पनीकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले सम्हाल्ने भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार पहाडीले प्रबन्ध निर्देशकको जिम्मेवारी पाएकी हुन् ।
उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न जिम्मेवारी दिइएको छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि कम्पनीका प्रबन्ध निर्देशक रहेका सुनिल पौडेल निलम्बनमा परेका छन् । अब अदालतबाट फैसला नआइन्जेल टेलिकमको नेतृत्व पहाडीले गर्नेछिन् ।
पहाडी टेलिकमको प्रमुख प्राविधिक अधिकृत (नायव प्रबन्ध निर्देशक) थिइन् ।