IME Life

जीवन बीमा कम्पनीहरुको कुल व्यापार २९ अर्ब १२ करोडमाथि, कुनको कति ? (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २९ अर्ब भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड ३४ लाख ५१ हजार ८२२ वटा बीमा पोलिसी विक्री गरी २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इनस्योरेन्स कम्पनीले कुल बीमा शु्ल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ८ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ५३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी हिमालयन लाइफले २ अर्ब ९५ करोड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ९० करोड, सूर्यज्योति लाइफले १ अर्ब ५५ करोड, एशियन लाइफले १ अर्ब २२ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, सिटिजन लाइफले पनि १ अर्ब १ करोड, मेट लाइफ इन्स्योरेन्सले ९२ करोड १२ लाख, प्रभु महालक्ष्मी लाइफले ८२ करोड ४९ लाख, आइएमई लाइफले ७६ करोड ३१ लाख, रिलायबल नेपाल लाइफले ६७ करोड ५५ लाख र सन नेपाल लाइफले ६३ करोड ७४ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS