IME Life

मन्दीले माग ह्वात्तै घट्दा माेटरसाइकल र कारकाे आयात खुम्चियाे, निर्जीवन बीमा प्रभावित

SPIL
NIC ASIA

काठमाडौं । सवारी साधनकाे मूख्य माग हुने चाडपर्वकाे सिजनमै माग नहुने देखिएपछि आयातकर्ताले सिमित स‌ंख्यामा मात्र सवारीसाधन आयात गरेका छन् । सर्वसाधारणसँग विलासिताका सामान किन्ने क्षमता खस्किंदै जाँदा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनकाे माग पनि खुम्चिने पूर्वानुमानका बीच आयातकर्ताले सिमित स‌ंख्यामा मात्र सवारी साधन भित्र्याएका हुन् ।

सवारी साधन सर्वाधिक भित्रिने मूख्य नाका वीरग‌ंज भन्सार कार्यालयले सार्वजनिक गरेकाे चालू आर्थिक वर्षकाे पहिलाे दुई महिनाकाे तथ्या‌ंकले दुई पाङ्ग्रे माेटरसाइकलकाे आयात ९३ प्रतिशतले खस्किएकाे देखाएकाे छ।पेट्राेलियम इन्धनबाट चल्ने चारपाङ्ग्रे कार र जीपकाे आयातमा १५ प्रतिशतले गिरावट आएकाे छ। बिजुलीबाट चल्ने जीप कारकाे आयात पनि १२ प्रतिशतले खुम्चिएकाे छ। नेपालमै माेटरसाइकल तयार पार्नका लागि आयात गरिने पार्टपूर्जाकाे आयात पनि २३ प्रतिशतले खस्किएकाे छ।

Prabhu
Crest

भारतबाट माेटरसाइकलकाे बडी देखि पार्टपूर्जा ल्याएर जाेडजाड गर्दै माेटरसाइकल उत्पादन गर्ने उद्याेगकाे स‌ंख्या बढ्दै जाँदा उत्पादनका लागि आवश्यक पर्ने अनएसेम्बल्ड(जडान नगरिएकाे) माेटरसाइकल चालू आव २०८०/८१ मा भदाैमसान्तसम्म ६ हजार ३९४ थान मात्र भित्रिएकाे छ। गत आवकाे साेही अवधिमा कूल ८ हजार ३०७ थान अन एसेम्बल्ड माेटरसाइकल याे नाकाबाट आयात भएकाे थियाे । तयारी माेटरसाइकलकाे आयात पनि याे अवधिमा ४९३८ बाट ३९८ मा सिमित हुन पुगेकाे छ।

माेटरसाइकल पार्ट्सकाे आयात भने ६७.६७ प्रतिशतले उल्लेख्य वृद्धि भएकाे छ। २८ लाख ८ हजार ४७१ थान पार्टस भित्र्याएकाेमा चालू आवमा भदाैसम्म ४७ लाख ८ हजार ८८७ थान पार्टस स्थानीय उद्याेगी र व्यापारीले भित्र्याएका छन् । स्मरण रहाेस्  , हालै सार्वजनिक भएकाे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन भित्रिएकाे प्रकरणमा तस्करले माेटरसाइकल पार्टसकै आवरणमा सुन भित्र्याएका थिए ।

सबैभन्दा महँगाे मूल्यकाे सवारी साधन मानिने जीपकारकाे आयात गत आवकाे भदाैसम्ममा ३१२ थान भित्रिएकाेमा यस वर्ष साे अवधिमा २६५ थान मात्र आयात भएकाे छ। गत आवमा ४३ कराेड ८७ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरकाे जीपकार आयात भएकाे थियाे । यसवर्ष जम्मा ४२ कराेड ३१ लाख ८९ हजार रुपैयाँ मूल्यकाे जीपकार आयात भएकाे थियाे ।

बिजुलीबाट चल्ने जीपकारकाे आयात गत वर्षकाे ६६ थानबाट समीक्षा अवधिमा ५८ वटामा सीमित हुन पुगेकाे छ। गत आव २०७९/८० मा भदाैसम्ममा कूल २५ कराेड ३३ लाख ९४ हजार मूल्य बराबरकाे बिद्युतीय जीपकारभ्यान आयात भएकाे थियाे । यसवर्ष साेही अवधिमा जम्मा १३ कराेड २५ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरकाे विद्युतीय कारकाे आयात भएकाे छ।

माेटरकाे आयात घट्दा निर्जीवन बीमामा असरः

सवारी साधनकाे बीमाबाट निर्जीवन बीमा व्यवसायकाे २८ प्रतिशत हिस्सा ओगटेकाले यसवर्ष निर्जीवन बीमकलाई व्यापार बढाउने भन्दा पनि पाेहाेरकै अवस्थामा व्यापार टिकाउन पनि हम्मेहम्मे पर्ने भएकाे छ। तेश्राे पक्ष अनिवार्य बीमाका कारण भित्रिएका सवारी साधनहरु जति सबैकाे बीमा हुने गरेकाे छ। तर गत आवकाे तुलनामा थाेरै स‌ंख्यामा सवारीसाधन भित्रिए पछि निर्जीवन बीमककाे माेटरबीमावापतकाे बीमाशुल्क आम्दानीमा नकारात्मक प्रभाव पार्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS