IME Life

दुई म्युचुअल फण्डले थप इकाइहरु विक्रीको लागि बोर्डबाट पाए अनुमति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट दुई म्युचुअल फण्डले इकाइ निष्काशनका लागि अनुमति पाएका छन् । बोर्डले एनआईबिएल सहभागिता फण्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाइ बिक्रीको स्वीकृति प्रदान गरेको हो ।

एनआईबिएल सहभागिता फण्ड’ एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना हो । यस योजनाको कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेण्ट मेगा बैंक र योजना व्यवस्थापकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

Prabhu
Crest

यो योजनाले धितोपत्र बोर्डबाट थप १ अर्बको इकाइहरु बिक्रीको अनुमति पाएको छ। यो हिसाबले अब यस योजनाले १० रुपैयाँ अंकित दरका थप १० करोड इकाइ बिक्री गर्नेछ ।

त्यसैगरी सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम धितोपत्र बोर्डबाट थप ५० करोड रुपैयाँबराबरको इकाइ बिक्री गर्ने अनुमति पाएको छ । अब यस योजनाले १० रुपैयाँ अंकित दरका थप ५ करोड इकाइ बिक्री गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS