काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनका लागि बुकक्लोज मिति तय गरेको छ। फण्डले असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। त्यसकारण असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। फण्डले आफ्ना इकाईधनीहरुका लागि करसहित १६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको थियो।
सनराइज फर्स्ट म्युचुअल फण्डको बुक क्लोज मिति तय
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...