IME Life

लम्पी स्किनकाे संक्रमण नियन्त्रणमा आउन थालेकाे सरकारी दाबी, बीमक भन्छन् महामारी नै हाे

SPIL
NIC ASIA

काठमाडाै‌ं । निर्जीवन बीमा कम्पनीले लम्पी स्किन राेगकाे स‌ंक्रमण महामारीकाे रुपमा फैलिएकाे भन्दै पशु बीमाका लागी हिच्किचाई रहेका बेला पशु सेवा विभागले राेग नियन्त्रणमा आउने क्रममा रहेकाे दाबी गरेकाे छ।

१२ साउनकाे विज्ञप्तीमा लम्पी स्कीनकाे स‌ंक्रमणलाई महामारी उल्लेख गरेकाे पशु सेवा विभागले २४ साउनमा जारी गरेकाे तीन पाने विज्ञप्तीमा ‘गाईभै‌ंसीमा लाग्ने संक्रामक राेग’ का रूपमा उल्लेख गरेकाे छ।

Prabhu
Crest

विभागले राेग सम्बन्धमा शुक्रबार जारी गरेकाे विज्ञप्तीमा पहाडी जिल्लाहरुमा क्रमशः याे राेग नियन्त्रणमा आउने क्रममा रहेकाे र मधेश तथा बागमती प्रदेशका पशुमा याे राेगकाे स‌ंक्रमण देखा परिरहेकाे दाबी गरेकाे छ। विभागले हाल याे राेग १ लाख ७५ हजार ५५३ पशुमा सकृय रहेकाे उल्लेख गरेकाे छ। साथै याे राेगकाे स‌ंक्रमण १३ लाख ५ हजार ३६१ पशुमा देखा परेकाेमा १० लाख ८२ हजार १५९ पशु निकाे भइसकेकाे विभागले विज्ञप्तीमा उल्लेख गरेकाे छ।

विभागका अनुसार राेगकाे यकीन तथ्यांक अध्यावधिक गरिए पछि राेगका कारण मर्ने गाईभै‌ंसीकाे संख्या ४७ हजार ६४९ पुगेकाे छ । यसैगरी राेग नियन्त्रणका लागी १३ लाख ६९ हजार डाेज खाेप आयात गरिएकाेमा ४ लाख ४५ हजार ९४५ स्वस्थ पशुमा खाेप लगाई सकिएकाे छ।

लम्पी राेग नियन्त्रणका लागी स्वदेशमै खाेप उत्पादनका लागी आवश्यक मास्टर सिड भाइरस र खाेप उत्पादन प्रविधिका लागी दातृ निकायसँग समन्वय समेत गरिएकाे विभागले जनाएकाे छ। विभागले निथ्लिङ स्ट्रेन खाेपबाहेक बाख्रामा प्रयाेग हुने गाेट पक्स खाेप समेत लम्पी स्कीन राेग नियन्त्रणमा उपयाेगी हुने भएकाले आयात गर्न कृषी तथा पशुप‌ंक्षी विकास मन्त्रालयबाट स्वीकृती पाएकाे छ।

नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले लम्पी स्कीन राेगलाई नेपाल सरकारले महामारी घाेषणा नगरेकाे बताए । उनले स‌ंक्रमणमा परेकामध्ये अधिकांश पशुकाे संक्रमण निकाे भइसकेकाे र नियन्त्रणका क्रममा रहेकाले महामारीकाे घाेषणा गर्ने अवस्था तत्काल नरहेकाे प्रतिकृया दिए ।

लम्पी राेगबाट स‌ंक्रमित पशुकाे बीमा गराउन ल्याएकाे हुनसक्ने संभावनालाई लिएर बीमक हच्किएकाे हुन सक्छ । तर स्वस्थ्य पशुकाे बीमा गर्न अस्वीकार गरेकाे जानकारी प्राधिकरणले प्राप्त नगरेकाे अधिकारीकाे भनाई छ। कृषी बीमा अनुदानवापतकाे रकम नपाएकाले निर्जीवन बीमकले पशुबीमा र दाबी भुक्तानीमा ढिलाई गरेकाे हुनसक्ने भएपनि लम्पी स्कीन राेगवापतकाे दाबी भुक्तानी राेक्नुपर्ने कुनै आधार नरहेकाे प्राधिकरणले बताएकाे छ।

नेपाल बीमक स‌ंघले विश्वभर नै लम्पी स्किन राेग महामारीका रूपमा फैलिएकाे उल्लेख गर्दै महामारीका कारण परेकाे दाबीकाे भुक्तानी गर्ने प्रचलन नभएकाे प्रतिकृया दिएकाे छ ।

संघका अध्यक्ष चंकी क्षेत्रीले कृषी बीमामा अनुदानवापतकाे झण्डै तीन अर्ब रुपैयाँ सरकारले बीमा कम्पनीलाई भुक्तानी दिन बाँकी रहेकाे अवस्थामा कृषी बीमालाई निरन्तरता दिने कि नदिने बारे साेच्न बाध्य बनाएकाे बताए ।

राहत वितरण गर्ने

लम्पी स्कीनकाे संक्रमणका कारण पशुधन नष्ट हुँदा नाेक्सानी व्यहाेर्न बाध्य भएका किसानलाई सरकारले राहत वितरण गर्ने भएकाे छ। विभागका अनुसार राहत वितरणका लागी मापदण्ड तयारीकाे क्रममा रहेकाे छ।

यसबाहेक चालू आर्थिक वर्ष २०८०।८१ का लागी प्रत्येक स्थानीय तहमा आकस्मिक राेग नियन्त्रण गर्न स‌ंघीय सशर्त अनुदानकाे साथै प्रदेश र स्थानीय तहबाट समेत रकम विनियाेजन गरिएकाे छ।

लम्पी लागेका पशुमा उच्च ज्वराे,आँखामा चिप्रा लाग्ने, खुट्टा जाेर्नी सुनिन्ने लक्षण देखापर्छ। याे राेगकाे संक्रमणबाट गर्भधारण क्षमता गुमाउने, दूध उत्पादन घट्ने र पशुमा नपुसंकता समेत बढ्ने जाेखिम उच्च रहने गरेकाे छ। राेगबाट ग्रसित पशुलाई स‌ंक्रमणकै समयमा खाेप दिन नहुने पशु विज्ञकाे सुझाव छ।

नाेक्सानीकाे आधार सवा खर्ब

नेपाल पशु चिकित्सा परिषद्‌का अनुसार लम्पी स्किनकाे संक्रमण नियन्त्रणमा ढिलाई हुँदा  करिब २५ लाख २६,००० पशुमा यसकाे सङ्क्रमण फैलने जाेखिम छ। याे राेगकाे स‌ंक्रमणबाट  एक लाख गाईभैँसी मर्ने र करिब एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने समेत परिषद्ले सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । यो रकम आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुनेछ।

पहिलाे पटक याे राेग २०७७ असारमा नेपालमा देखा परेकाे थियाे । त्यसवर्ष याे राेगकाे संक्रमण १७ जिल्लामा फैलिएकाे थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS