Connect IPS
IME Life

प्रभु बैंकले ल्यायाे स्वेच्छिक अवकाश याेजना, कर्मचारीले २४ महिनासम्मकाे तलब पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाै‌ं । पछिल्लाे समयमा सेन्चुरी कमर्शियल बैंकलाई गाभेकाे प्रभू बै‌ंकले कर्मचारीका लागी स्वेच्छिक अवकाश याेजनाकाे घाेषणा गरेकाे छ। मर्जरका कारण जनशक्ति अधिक भएकाले जनशक्ति कटाैती गरेर व्यवस्थापन खर्च नियन्त्रण गर्नुपर्ने दबाबमा रहेकाे कम्पनीले स्वेच्छिक अवकाश कार्यक्रम घाेषणा गरेकाे हाे ।

बै‌ंकका अनुसार पाँच वर्ष सेवा अवधि पुरा गरेका सबै तहका कर्मचारीले २४ महिनाकाे  तलब भुक्तानी पाउनेछन्। पाँच वर्षभन्दा कम सेवा अवधि पुरा गरेका सहायक प्रबन्धक र माथिल्लाे तहका कर्मचारीले अवकाश राेजेकाे अवस्थामा २० महिनाकाे खुद तलब भुक्तानी पाउनेछन् । यसैगरी तीन वर्षदेखि ५ वर्षसम्मकाे सेवा अवधि पुरा गरेका अधिकृत तहका कर्मचारीले २० महिनाकाे तलब भुक्तानी प्राप्त गर्नेछन् ।

Prabhu
Crest

अवकाश प्रयाेजनका लागी कर्मचारीले पछिल्लाे समयमा कायम रहेकाे तलब सुविधालाई आधार मानिनेछ। ७ अगस्टमा सार्वजनिक गरिएकाे अवकाश याेजना अन्तर्गत ८ अगस्ट(गत मंगलबार) देखि १५ दिनभित्र बैंकले उपलब्ध गराएकाे निवेदन पत्रकाे ढाँचामा अवकाशका लागी इच्छुक कर्मचारीले निवेदन दिनुपर्नेछ।बैंकले अवकाश पत्र स्वीकृत भएकाे १५ दिनभित्रै कर्मचारीकाे बैंक खातामा अवकाश सुविधावापतकाे रकम जम्मा गरिदिनेछ ।

प्रमुख कार्यकारी अधिकृत अशाेक शेरचनले अवकाश याेजना पूर्णतः स्वेच्छिक रहेकाे र अवकाश राेज्ने कर्मचारीकाे विवरण गाेप्य राखिने आश्वासन समेत दिएका छन् । स्वेच्छिक अवकाशकाे आवेदन स्वीकृत गर्ने नगर्ने अधिकार बै‌ंक व्यवस्थापनमा रहने प्रमुख कार्यकारी अधिकृत शेरचन हस्ताक्षरित सूचनामा उल्लेख छ।

prvu vrs

बै‌ंकमा गत जेठ मसान्तसम्ममा ३ हजार ४ सय ८१ कर्मचारी कार्यरत थिए । गाभिएपछि सेन्चुरी कर्मशियल बै‌ंकका करिब ९९५ कर्मचारीलाई बै‌ंकले समायाेजन गरेकाे थियाे । बैंकसँग कूल २०८ शाखा र ४६ एक्सटेन्सन काउण्टर छन् । एक्सटेन्सन काउण्टर समेतलाई लिएर गणना गर्दा बै‌ंककाे प्रति शाखा औसत जनशक्ति १३‍.७ जना र कूल २०८ शाखाकाे आधारमा मात्र गणना गर्दा १६‍.७३ जनशक्ति कार्यरत छन् । वाणिज्य बै‌ंककाे एक्सटेन्सन काउण्टरमा सुरक्षा गार्ड सहित कम्तीमा तीनजना र शाखामा कम्तीमा पाँच जना जनशक्ति हुन्छन् ।

कम्पनीले जनशक्तिकाे अधिकत्तम व्यवस्थापन, बैंककाे कार्य सम्पादन चुस्तदुरूस्त बनाउन र स्वेच्छिक अवकाश राेज्न चाहने कर्मचारीलाई सघाउ पुर्‍याउन र उचित क्षतिपूर्ती प्रदान गर्नकाे लागी स्वेच्छिक अवकाश याेजना जारी गरिएकाे ब‌ै‌ंकले स्वेच्छिक अवकाश याेजनाकाे प्रस्तावनामा उल्लेख गरेकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS