IME Life

एनएमबि बैंकको सुनवल शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंक सुनवल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित सोमनाथ बाबा माध्यमिक विद्यालयमा प्लस टु ब्यवस्थापन विषय अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।

आउदै गरेको अगस्ट १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर अगस्ट महिनाभरी एनएमबि बैंकले देशभरका कलेज लेभलका विद्यार्थीहरुलाइ वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने भएको छ । बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले सो वित्तीय साक्षरता सम्बन्धि कार्यक्रमको सहजीकरण गरेका थिए ।

Prabhu
Crest

शाखा प्रबन्धक ज्ञवालीले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु , एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण प्रदान गरेको बैंकले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्राचार्य रेश्मिराज बश्याल, ब्यवस्थापन संकाय कोर्डिनेटर खगराज उपाध्यायले एनएमबि बैंकले प्लस टु लेभल ब्यवस्थापन तहमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद दिदै कार्यक्रमबाट समय, सापेक्ष र ब्यवहारिक वित्त सम्बन्धि ज्ञान आफुहरुले पनि सिकेको बताए ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बैंकले उल्लेख गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS