IME Life

लक्ष्मी भ्यालु फण्ड-२ को इकाईमा ३६ हजार बढीले दिए आवेदन

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड२ को इकाईमा ३६ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात साउन १६ गते साँझ ५ः०५ बजेसम्म ३६ हजार ४८० जना आवेदकले १७ करोड १३ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ३७ हजार ८०० इकाईका लागि आवेदन दिनएका हुन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गतेदेखि उक्त फण्डको इकाई निष्काशनमा ल्याएको हो । अब साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

Prabhu
Crest

फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ४ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिनेछ। न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS