IME Life

भोलिदेखि दुई लघुवित्तले एकीकृत व्यवसाय शुभारम्भ गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी भोलि असार ३० गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् । यी दुवै कम्पनी गाभिएपछि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।

असार २२ गते नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तबीच १ः०.७३ शेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन् ।

Prabhu
Crest

यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

मर्जरपश्चात बन्ने संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१० मा रहनेछ । एकीकृत कारोबार प्रयोजनको लागि दुवै कम्पनीको असार २९ गते सम्पूर्ण बैंकिङ सेवाहरू बन्द रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS