IME Life

लक्ष्मी र सनराइजले पाए मर्जरको अन्तिम स्वीकृति, असार २८ गते एकिकृत कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । मर्जर पछि बन्ने लक्ष्मी सनराइज बैंकको अध्यक्ष मोतिलाल दुगडको बैंकमा दुई अर्ब भन्दा माथि कर्जा रहेको भन्दै राष्ट्र बैंकले स्वीकृति दिएको थिएन ।

राष्ट्र बैंकको अडान पछि बैंक सञ्चालकहरुले दुगडलाई अध्यक्ष नबनाउने भएका हुन् । दुगडलाई अध्यक्ष नबनाउने भए सँगै राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो । यदि असार भित्र मर्जर सम्पन्न भएन भने मर्जरको सुविधा नपाउने भएकाले पनि बैंकरहरु अध्यक्ष परिवर्तन गर्न राजी भएका हुन् ।

Prabhu
Crest

नयाँ बन्ने सञ्चालक समितिमा लक्ष्मी बैंकबाट रमन नेपाल, डा.मनिष थापा र स्वाति रुंगटा हुनेछन् । सनराइजबाट बच्चराज तातेड र मालचन्द दुगड हुनेछन् ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजयविक्रम शाह बन्ने छन् । २०७९ पुस २५ गते लक्ष्मी र सनराइज बैंकबीच समान हैसियतको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) हुने गरी मर्जमा जान समझदारी भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS