IME Life

तीन इन्स्योरेन्स कम्पनीले मागे धेरै पदका लागि कर्मचारी, आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । तीन इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि दरखास्त आब्हान गरको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइएमई लाइफले धेरै संख्यामा कर्मचारी माग गरेका थिए ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न ६ पदका लागि धेरै संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर र सिनियर डेभलपमेन्ट अफिसरका लागि केही, जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि केही, आईटीका लागि २ जना, डिजिटल मार्केटिङमा जुनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले सम्बन्धित बिषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने समेत कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छु कतथा योग्यता पुगेकाले आज असार २० गते भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सले चिफ मार्केटिङ अफिसरका लागि १ जना, हेड रिस्क डिपार्टमेन्टका लागि १ जना, सेमि क्वालिफाइड सिएका लागि केही, लिगल अफिसरमा १ जना, आईटी एक्सक्युटीभका लागि केही, डिजिटल मार्केटिङमा १ जनाका लागि कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो सातै प्रदेशका ब्रान्चहरुका लागि ब्रान्च म्यानेजर माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातक तह देखि स्नाकोत्तर तह उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट देखि असिस्टेन्ट म्यानेजरसम्मका लागि केही, मिडी हेल्थ युनिटका लागि अफिसर लेभलमा १ जना, इन्भेष्टमेन्ट डिपार्टमेन्टमा म्यानेजरका लागि १ जना र डिजिटल सेल्समा अफिसर १ जनाका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्तिमा स्नातक तह देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आज असार २० गतेभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS