IME Life
Beema Board

हिसाबकिताब गडबड रहेकाे नेपाल रि ले १ वर्षपछि मात्र नयाँ सफ्टवेयर प्रयाेग गर्ने

SPIL
NIC ASIA

काठमाण्डाै‌ । बीमकहरुसँग दाबी भुक्तानी सम्बन्धी हिसाब किताब दुरुस्त राख्न असमर्थ रहेकाे नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा काराेबार व्यवस्थापन सम्बन्धी सफ्टवेयर प्रयाेगमा ल्याउने भएकाे छ। बीमकहरुसँगकाे काराेबारमा मानवीय त्रुटी र प्रकृयागत झण्झटका कारण नाेक्सानी व्यहाेर्नु पर्ने जाेखिम बढेपछि नेपाल पुनर्बीमाले परिस्कृत सफ्टवेयर प्रयाेगमा ल्याउने तयारी गरेकाे हाे ।

पुनर्बीमकले अन्तर्राष्ट्रिय बाेलपत्र आह्वान गर्दै सफ्टवेयर उपलब्ध गराउन इच्छुक सूचना प्रविधि कम्पनी र परामर्शदाता संस्थालाई प्रस्ताव पेश गर्न अनुराेध गरेकाे छ। १३ जुलाई २०२३ दिनकाे २ बजेभित्रमा विद्युतीय माध्यमबाट बाेलपत्र दर्ता गर्न अनुराेध गरेकाे छ। बाेलपत्र सम्बन्धी आह्वान पत्रमा उल्लेख भए अनुसार याेग्यताका लागी ४० प्रतिशत अनुभवका लागी ५० प्रतिशत र बाँकी १० प्रतिशत अ‌ंक क्षमताका लागी प्रदान गरिनेछ।

Prabhu
Crest

नेपाल पुनर्बीमा कम्पनीले एक वर्षकाे अवधिमा सफ्टवेयर तयार पारेर लागू गर्ने कार्य याेजना बनाएकाे छ । पुनर्बीमा कम्पनीकाे काराेबारकाे आयतनका हिसाबले सफ्टवेयर विकासका लागी छुट्याइएकाे समय अवधि अधिक हाे । पुनर्बीमा कम्पनीले भरपर्दाे र परिक्षित सफ्टवेयर प्रयाेगमा ल्याउन ढिला गर्दाकाे परिणामस्वरुप ठूलाे मूल्य चुकाउनुपर्ने हुनसक्छ। बिल्कुलै नयाँ सफ्टवेयर तयार पार्न लगाएर प्रयाेगमा ल्याउनुभन्दा समान प्रकृतीका काराेबार गर्ने पुनर्बीमकले प्रयाेगमा ल्याई सकेकाे र सफलता पनि मापन गरिसकेकाे सफ्टवेयर प्रयाेगमा ल्याउन जाेड दिनु उपयुक्त हुने बीमा क्षेत्रमा कार्यरत सूचना प्रविधि विज्ञले प्रतिकृया दिए ।

नेपाल पुनर्बीमा कम्पनीसँग भरपर्दाे सफ्टवेयर नहुँदा बीमकसँग लिनुदिनुपर्ने हिसाबकिताब दुरुस्त राख्न सकेकाे छैन । बीमकहरुकाे भनाई अनुसार स्वदेशी बीमकसँगकाे काराेबारमा पनि याे सरकारी पुनर्बीमकले दुरुस्त हिसाब राख्न नसक्दा ठूलाे काराेबार गडबडी रहेकाे छ। पुनर्बीमा शुल्कवापत बीमकसँग भुक्तानी लिनुपर्ने रकम, पुनर्बीमा कमिशनवापत भुक्तानी दिनुपर्ने रकम र नाफाकाे हिस्सा वितरण सम्बन्धी हिसाबकिताब दुरूस्त छैन । केही बीमकसँग कराेड रूपैयाँभन्दा बढी भुक्तानी लिनुपर्ने बाँकी भएपनि हेक्का राख्न सकेकाे छैन ।

निजी क्षेत्रकाे पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्सले यूराेबेसले उत्पादन गरेकाे सिनर्जी टु नामक आधुनिक सफ्टवेयर प्रयाेगमा ल्याइ सकेकाे छ। हिमालयन रिइन्स्याेरेन्सले प्रयाेगमा ल्याएकाे सफ्टवेयर अत्याधुनिक र पुनर्बीमा व्यवसायकाे प्रकृती, जाेखिम र चुनाैतीलाई सम्बाेधन गर्ने विशेषतायुक्त रहेकाे दाबी यसकाे उत्पादकले गरेकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS