IME Life
Beema Board

नेपाल पुनर्बीमामा सञ्चालकहरुको चरम दोहन, भत्ताकै लागि २३२ भन्दा धेरै बैठक बसेर ५६ लाख झ्वाम

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा सञ्चालकहरुले बैठक भत्ताका लागि अनावश्यक बैठक बसेर लाखौ रुपैयाँ भत्ता लिएका छन् । बैठक भत्ताकै लागि अनावश्यक रुपमा बैठक आह्वान गरिएका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै सञ्चालक समिति तथा विभिन्न उप समितिको नाममा २३२ भन्दा धेरै बैठक राखिएको छ । उक्त बैठकमा सहभागी हुने सञ्चालकहरुले बैठक भत्ता बापत ५६ लाख ५१ हजार रुपैयाँ दोहन गरेको पाइएको छ ।

सामान्यतया सञ्चालक समिति तथा उपसमितिका नाममा १० देखि १५ लाख रुपैयाँ भत्ता बापत खर्च हुने गरेको पाइन्छ । नेपाल पुनर्बीमा कम्पनीले नै यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १३३ वटा बैठक बसालेको थियो । उक्त बैठक भत्ता बापत १७ लाख १८ हजार खर्च भएको थियो ।

Prabhu
Crest

समिक्षा वर्षमा सञ्चालकहरुलाई विभिन्न समिति उपसमिति समेत गरी बैठक भत्ता बापत १२ लाख ६७ हजार रुपैयाँ भुक्तानी गरिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । गत वर्ष सञ्चालक समितिको ५७ वटा बैठक बसेको पाइएको छ । सञ्चालक समितिको बैठकमा भत्ता मात्रै ११ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै दावी समितिको २१ वटा बैठक बसेको छ । उक्त बैठक भत्ता बापत एक लाख १२ हजार खर्च भएको छ ।

लगानी समितिको २५ वटा बैठक बापत तीन लाख २५ हजार खर्च भएको छ । त्यस्तै लेखा परीक्षण समितिको १७ वटा बैठक बसेको छ । यस वर्ष मात्रै ११२ वटा पदपुर्ती समितिको बैठक भएको छ । उक्त बैठकमा २१ लाख ४ हजार रुपैयाँ भत्ता खर्च भएको छ । त्यस सँगै अन्य उप समिति तथा कार्यदलहरुको बैठकहरुमा १७ लाख ५६ हजार रुपैयाँ भत्ता वितरण गरिएका छन् । यस्ता कतिपय समितिमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरुको पनि सहभागिता रहेको हुन्छ । अन्यथा अध्यक्ष तथा केहि सक्रिय सञ्चालकहरु बढि मात्रामा सहभागी हुने गर्छन् । कम्पनीमा खर्च भएको बैठक भत्तालाई हेर्दा सञ्चालकहरुले अन्य जागिर छाडेर बैठक मात्रै बसेको भान हुन्छ ।

समिक्षा वर्षमा कम्पनीको अध्यक्ष बीमा विज्ञ रविन्द्र घिमिरे थिए । घिमिरेले काठमाडौं आउने वित्तीकै बैठक बस्न लगाउने गरेको चर्चा हुने गर्थ्यो । उनलाई मन्त्रिपरिषदले २०७८ साल कार्तिक ८ गते अध्यक्षमा नियुक्त गरेको थियो । उनि गत मंसिरदेखि अध्यक्ष पदबाट हटेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

17%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS