IME Life
Beema Board

हिमालयन रिइन्स्योरेन्सको मुनाफा २९ प्रतिशतले बढ्यो, व्यवसायदेखि सम्पुर्ण सूचकमा उल्लेख्य सुधार

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाशिक अवधिमा २९.५२ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा २५ करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १९ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन गुणाले बढेको छ । चैत मसान्तसम्ममा तीन अर्ब ३८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हिमालयनले गएको वर्षमा जम्मा ४७ करोड ४९ लाख रुपैयाँ मात्रै आर्जन गरेको थियो ।

Prabhu
Crest

उक्त व्यवसाय भित्र्याउनका लागि कम्पनीले ८२ करोड ५० लाख रुपैयाँ खर्चिएको छ । पुनर्बीमा कमिशन पनि ८ गुणाले बढेको हो । व्यवसाय बृद्धि सँगै खुद दाबी भुक्तानीमा पनि उल्लेख्य बृद्धि भएको छ । कम्पनीले चैत मसान्तसम्ममा २४ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीले अझै ६२ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । गएको वर्षको यहि अवधिमा कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रकम ६ करोड ८८ लाख रुपैयाँ मात्रै थियो । व्यवसाय बढे सँगै भुक्तानी हुन बाँकी दाबी रकममा पनि उल्लेख्य बृद्धि भएको हो ।

कम्पनीको चुक्ता पूँजी ७ अर्ब रहेको छ भने यस वर्ष जगेडा कोष ९२ प्रतिशतले बढेर ३८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । कोष तथा व्यवसायमा सुधार सँगै कम्पनीको दीर्घकालिन लगानी ७ अर्ब २१ करोड नाघेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS