IME Life
Beema Board

जेठ ३२ गते दुई लघुवित्तको सम्पूर्ण कारोबार बन्द हुने

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पूर्ण कारोबार जेठ ३२ गते एक दिन बन्द हुने भएको छ । प्राप्ति प्रक्रिया पुरा गरी यी दुई कम्पनीले असार १ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् ।

जेठ ३२ गते एक दिन कारोबार बन्द हुने हुँदा ग्राहकबर्गमा पर्न जाने असरप्रति दुबै कम्पनीले क्षमा मागेका छन् । गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्नका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले चैत १३ गते अन्तिम सम्झौता गरेका थिए । प्राप्ति पश्चा्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू गर्न लागेको जनाएको छ ।

Prabhu
Crest

प्राप्तिपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय चितवन , भरतपुरमा रहने कम्पनीले जनाएको छ । यी दुई कम्पनीलाई एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुबै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका छन् ।

यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन । यस वर्ष आदर्श लघुवित्तले २० प्रतिशत र डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS