IME Life
Beema Board

विदेशी पुनर्बीमा कम्पनी र ब्रोकरलाई प्राधिकरणमा सूचिकरण नभइ व्यवसाय गर्न बन्देज, ब्रोकरलाई शाखा अनिवार्य

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाली बीमा कम्पनीहरुसँग पुनर्बीमा व्यवसाय गर्नु अगाडी सूचिकरण अनिवार्य गरेको छ । अवदेखि नेपाली बीमा कम्पनीहरुले प्राधिकरणमा सूचिकृत विदेशी पुनर्बीमा कम्पनी र विदेशी पुनर्बीमा दलाल सँग मात्रै पुनर्बीमा गर्न पाउने छन् ।

यस भन्दा अगाडी नेपाली बीमा कम्पनीहरुले आफैले कम्पनीहरु छनोट गरी पुनर्बीमा गराउदै आएका थिए । प्राधिकरणमा सूचिकरण हुनु पर्दैन थियो । प्राधिकरणले तोकेका मापदण्ड पुगेका पुनर्बीमक सँग मात्रै पुनर्बीमा गर्नु पर्ने व्यवस्था थियो ।

Prabhu
Crest

बीमकको पुनर्बीमा निर्देशिका २०८० को दफा ११ मा विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल प्राधिकरणमा सुचिकृत हुनुपर्नेछ भनिएको छ । यसरी सूचिकरण हुनका लागि पुनर्बीमक तथा दालले सम्बन्धित देशको नियमनकारी निकायबाट प्राप्त पुनर्बीमकको इजाजतपत्र र सो इजाजतपत्र बहाल रहेको प्रमाणपत्र इजाजतपत्र नम्बर र स्थापना मिति पेश गर्नु पर्नेछ ।

विदेशी पुनर्बीमक तथा ब्रोकरले इजाजतपत्र दिने निकायको नाम, अध्यावधिक वित्तीय विवरण, बीमकसँग कारोबार हुने पोर्टफेलियो, कम्पनीको नाम, ठेगाना, स्थापना वर्ष, सम्पर्क नम्बर र इमेल खुलाउनु पर्नेछ । सम्पर्क व्यक्तिको समेत नाम ठेगाना, इमेल र सम्पर्क नम्बर हुनु पर्नेछ । सूचिकरण गर्न बीमकको आफ्नै कर्मचारी वा कुनै स्वदेशी बीमकलाई प्रदान गरिएको अख्तियारनामा, रेटिङ्ग एजेन्सीको नाम, रेटिङ प्राप्त गरेको मिति र रेटिङ्गको प्रमाणपत्र समेत पेश गर्नु पर्ने हुन्छ ।

त्यस्तै पुनर्बीमक दलालहरुले पनिसम्बन्धित देशको नियमनकारी निकायबाट प्राप्त पुनर्बीमा दलालको इजाजतपत्र र सो इजाजतपत्र बहाल रहेको प्रमाणपत्र इजाजतपत्र नम्बर र स्थापना मिति, इजाजतपत्र दिने निकायको नाम, अध्यावधिक वित्तीय विवरण, बीमकसँग कारोबार हुने पोर्टफेलियो, कम्पनीको नाम, ठेगाना, स्थापना वर्ष, सम्पर्क नम्बर र इमेल, पुनर्बीमा दालले लिएको पेशागत बीमा दायित्व बीमाको अध्यावधिक प्रतिलिपि, सम्पर्क व्यक्तिको नाम, ठेगाना, इमेल र सम्पर्क नम्बर, सूचीकरण गर्न बीमकको आफ्नै कर्मचारी वा कुनै स्वदेशी बीमकलाई प्रदान गरिएको अख्तियारनामा पेश गर्नु पर्छ ।  प्राविधिकरणले सम्पुर्ण विवरण प्राप्त भए पश्चात त्यस्तो विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाललाई सूचिकरण नम्बर प्रदान गर्नेछ ।

तर रेटिङ एजेन्सीबाट सर्वाधिक राम्रो रेटिङ प्राप्त पुनर्बीमक तथा पुनर्बीमा दालले प्राधिकरणमा सूचिकरण गरिरहनु पर्ने छैन । एएम बेष्ट रेटिङ एजेन्सीबाट ए डबल प्लस, एस एण्ड पि रेटिङ एजेन्सीबाट ट्रिपल ए, मोडीज रेटिङ ट्रिपल ए र फिच रेटिङ एजेन्जीबाट पनि ट्रिपल ए रेटिङ पाएका पुनर्बीमा कम्पनी र ब्रोकरले पनि प्राधिकरणमा सूचिकरण गरिरहनु पर्दैन । तर त्यस्तो रेटिङ भएको तथ्या उक्त पुनर्बीमकसँग कारोबार गर्ने बीमकले प्रमाणित गर्नुपर्नेछ । आर्थिक वर्षको बीचमा कुनै पुनर्बीमक वा पुनर्बीमा दाललसँग पुनर्बीमा कारोबार गर्नु परेमा त्यस्तो पुनर्बीमक वा पुनर्बीमा दालाललाई सोहि समयमा सूचिकरण गर्न सकिने व्यवस्था छ ।

विदेशी पुनर्बीमकले प्रत्ये वर्ष सूचीकरण नम्बरलाई प्राधिकरणबाट नविकरण गराउनु पर्नेछ । प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बीमा दाललले आर्थिक वर्ष २०७९/८० समाप्त भएको ६ महिना भित्र नेपालमा संयुक्त लगानीमा कम्नपी वा शाखा कार्यालय स्थापना गर्नुपर्नेछ । स्वदेशी पुनर्बीमक, स्वदेशी पुनर्बीमा दाल र सूचिकरण नम्बर प्रपात गरेका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दालल सँग बीमा कारोबार गर्नुपर्नेछ । प्राधिकरणले सूचिकरण भएका पुनर्बीमा कम्पनी र पुनर्बीमा दलालको सूची आफ्नै वेवसाइट मार्फत सर्वजनिक गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS