IME Life

नयाँ जीवन बीमा व्यवसायमा मन्दी सँगै पुराना पोलिसीलाई नविकरण गराउदै कम्पनी, व्यतित बीमालेखमा छुटको लहर

SPIL
NIC ASIA

काठमाडौं । नयाँ व्यवसाय ठप्प भए सँगै जीवन बीमा कम्पनीहरुले पुराना पोलिसी नविकरण गराउने अभियानमा जुटेका छन् । कम्पनीहरुले लामो समयदेखि नविकरण बीमा शुल्क भुक्तानी नभएका पोलिसीलाई ताकेता गर्न थालेका हुन् ।

आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव बीमा क्षेत्रमा देखिएको छ । प्रथम बीमा शुल्क आर्जनमा ३० प्रतिशत भन्दा धेरैले गिरावटदेखिन्छ भने कुल बीमा शुल्क आर्जनको बृद्धिदर १.११ प्रतिशतमा समिति छ । यहि हिसावले व्यवसायमा सुस्तता आउने हो भने चालु आर्थिक वर्षको असार मसान्तसम्ममै जीवन बीमा व्यवसायको बृद्धिदर ऋणात्मक हुनेछ ।

Prabhu
Crest

बृद्धिदरमै ठुलो असर पर्ने देखिए पछि बीमा कम्पनीहरुले पुराना पोलिसीमा लाग्ने हर्जना तथा व्याजमा छुट दिने स्किम सार्वजनिक गर्न थालेका हुन् । सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्दै आएको नेपाल लाइफले विलम्ब शुल्कमा छुटको स्किम ल्याएको छ । नेपाल लाइफले १८० दिन वा सो भन्दा लामो समयदेखि व्यतित बीमालेखमा छुटको स्किम ल्याएको हो ।

१८० भन्दा माथि २ वर्षसम्मको व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा ३० प्रतिशत छुट दिने भएको छ । त्यस्तै २ वर्षदेखि ५ वर्षसम्मका व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा २५ प्रतिशत र ५ वर्ष भन्दा माथिको हकमा १० प्रतिशत छुट दिदै छ ।

यदि विलम्ब शुल्कमा छुट पाएर एक वर्ष भित्रै पोलिसी सरेण्डर गरेमा कम्पनीले दिएको छुट रकम कट्टा गर्नेछ । नेपाल बीमा प्राधिकरणले एक पटक यस्तो सुविधा लिएका बीमितलाई पुन यस्तो सुविधा लिन नपाउने व्यवस्था गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एक वर्षदेखि तीन वर्षसम्मका व्यतित बीमालेखमा शतप्रतिशत व्याज तथा जरिवाना छुट दिने भएको छ । त्यस्तै ३ वर्ष माथि ७ वर्षसम्मका व्यतिति बीमा शुल्कमा लाख्ने व्याज र हर्जनामा ५० प्रतिशत र ७ वर्ष भन्दा माथि जतिसुकै अवधिका बीमालेखमा २५ प्रतिशत छुट दिने भएको छ । हिमालयन लाइफले यस्तो सुविधा जेठ मसान्तसम्म दिदैछ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा लाग्ने व्याजमा सतप्रतिशत छुट दिएको छ । कम्पनीले यस्तो सुविधा जेठ ८ गतेदेखि असार २५ गतेसम्म दिदैछ ।

सन नेपाल लाइफले २ वर्ष अगाडीदेखि पुर्ण रुपमा व्यतित भइसकेका बीमालेखमा सत प्रतिशत व्याज छुट दिने जनाएको छ । बीमितहरुले यो सुविधा जेठ ३ गतेदेखि जेठ ३२ गतेसम्म लागु गरेको छ ।

प्राधिकरणले कम्पनीहरुलाई सरेण्डर र ल्याप्सेस रेसियो घटाउन निर्देशन दिदै आएको छ । कम्पनीहरुले एकपटक भित्र्याइसकेको व्यवसायलाई गुमाउदा धेरै खर्च भइसकेको हुन्छ । प्रथम र दोस्रो बीमा शुल्कबाट कम्पनीहरुले अभिकर्ता कमिशनदेखि लिएर व्यवस्थापनका लागि ठुलो रकम खर्चिएका हुन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS