IME Life
GBIME

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ

योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाईमध्ये बीज पूँजीवापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागिएको हो ।

Crest

लगानीकर्ताले यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सक्ने छन् । यस योजना १० वर्ष अवधिको रहेको छ । योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्षमा परिपक्क हुनेछ । यस योजनाका लगानीकर्तालाई योजना परिपक्कपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

योजना व्यवस्थापकसँगै इकाई विक्री प्रबन्धकको जिम्मेवारीसमेत सिटिजन्स क्यापिटल लिमिटेडले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनको प्रयोग गरी आवेदन दिन सकिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS