IME Life New

आजबाट सिटिजन्स सन्तुलित योजनाका इकाइहरु बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स सन्तुलित योजनाका इकाइहरु आज पुस ४ गतेदेखि बिक्री खुला गरिने भएको छ। सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड रुपैयाँको इकाइ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने बीज पुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

Esewa
Crest

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्छन्।

यस योजनाको इकाइ बिक्री बन्द छिटोमा मंसिर ८ गते र ढिलोमा पुस १८ गते बैंकिङ समयपछि हुनेछ। योजना व्यवस्थापकमा सिटिजन्स क्यािपटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS