IME Life
Beema Board

नेप्सेमा ६ कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा ६ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । यी ६ कम्पनीले आफ्नो वार्षिक साधारण सभाबाट पारित गराएका बोनश शेयर हिजो नेप्सेमा सूचिकृत गराएका हुन् । नेप्सेमा हिजो गरिमा विकास बैंक, अरुण भ्याली, नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, निर्धन उत्थान लघुवित्तको बोनश शेयर सुचिकृत भएको छ ।

नेप्सेमा डिप्रोक्स लघुवित्तको १० प्रतिशतले हुन आउने १३ लाख ८७ हजार ४ सय ९८ दशमलव ३३२८ कित्ता बोनश शेयर, निर्धन उत्थान लघुवित्तको १९ प्रतिशतले हुन आउने ४१ लाख ७० हजार ५ सय ४७ दशमलव ५ कित्ता बोनश शेयर र प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशतले हुन आउने ३ लाख ९४ हजार ३ सय ९२ कित्ता र नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५८ लाख २५ हजार कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

Prabhu
Crest
गरिमा विकास बैंकको ५९ लाख ६८ हजार १३५.५५ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । उक्त बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । त्यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १३ लाख ८३ हजार ६७६ कित्ता बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ८ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

यी कम्पनीको बोनश शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS