IME Life
Beema Board

अभिकर्ताप्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी छः सिनियर एजेन्सी म्यानेजर अनिता भुजेल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बिराटनगरकी अनिता भुजेल अभिकर्ता पेशामा संलग्न भएको करिब १५ वर्ष वितेको छ । अरु पेशाभन्दा सहज र चाहे जसरी र चाहेको समयमा काम गर्न सक्ने भएकोले उनलाई अन्य पेशाभन्दा अभिकर्ता पेशा नै राम्रो लाग्छ । तर, समाजले अभिकर्ता पेशाप्रति राख्ने सोचले भने उनलाई असहज बनाएको छ । प्रत्येक विद्यालयले विद्यार्थीको घरघरमा गई आफ्नो विद्यालयको बारेमा जानकारी दिदै गर्दा शिक्षकहरुलाई मानसम्मान दिने गरेको छ । बैंक वित्तका कर्मचारी, स्वास्थ्य बीमाबारे जानकारी दिने व्यक्ति जनताको घरदैलोमा पुग्दा त्यत्तिकै समान दिने गर्छन् । तर, सिंगो परिवारलाई आर्थिक संकटबाट जोगाउने जीबन बीमा अभिकर्तालाई समाजले हेयको नजरले हेर्दा उनलाई कत्ति पनि चित्त बुझ्दैन ।

सिटिजन लाइफ इन्स्योरेन्स, विराटनगर शाखामा सिनियर एजेन्सी म्यानेजरको रुपमा सक्रिय छिन् अनिता । अभिकर्ताको सुरुवात भने उनले मेट लाइफ इन्स्योरेन्स कम्पनीबाट गरेकी थिइन् । उक्त समय उनी एक एनजीओमा जागिर गर्थिन् । जसले गर्दा पूर्णकालिन रुपमा उनले अभिकर्ताको काम गर्न पाएकी थिइनन् । बार्षिक रुपमा मुस्किलले १०-१५ जनाको बीमा गराउँथिन् । एनजीओमा प्रोजेक्ट नसकिएसम्म काम गर्ने सम्झौता पत्र गरेकी उनले चाहेर पनि पूर्ण रुपम अभिकर्ता बन्न पाएकी थिइनन् । जब उनको प्रोजेक्ट सकियो, उनी अभिकर्ता पेशामै आफ्नो सबै समय दिन थालिन् । बाहिरि समाजमा घुलमिल हुने र घुमफिर गर्नमा रुचि राख्ने उनी यसैमा रमाउन थालिन् ।

Prabhu
Crest

एनजीओमा राम्रो जागिर गरेकी छोरीले सरकारी जािगरतिर प्रवेश गरिदिए हुन्थ्यो भन्ने सोच थियो उनको परिवारमा । अभिकर्ता पेशा छोडेर अरु पेशाम संलग्न हुन बारम्बार सल्लाह नदिएको पनि होइन । तर अनितालाई अभिकर्ता बाहेक अरु पेशामा लाग्ने सोच नभएपछि उनको परिवारको केहि लागेन । विस्तारै परिवार पनि उनको पेशाप्रति रमाउन थाले । अहिले उनी संलग्न कम्पनीले वार्षिक रुपमा प्रकाशन गर्ने क्यालेन्डर उनकै आमाबुबाले छिमेकीहरुलाई वितरण गरिदिने उनी बताउँछिन् । यति मात्र नभई आफ्नो छोरीको उदाहरण दिँदै अभिकर्ता पेशामा संलग्न हुन सुझाव दिने गरेको अनिताको भनाई छ ।

एक छोरी, एका छोरा र आमाबाबुको सानो परिवारमा अनिताको पेशाले राम्रै सम्मान पाएको छ । छरछिमेक र आफन्तलाई बीमा बारे सचेतना फैलाउँदै आएकी अनिताले सिंगो परिवारकै बीमा गराएकी छिन् । सिनियर एजेन्सी म्यानेजर भएपछि भने उनको ड्युटि समय विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै रहेको छ । जसकारण, महिलाको लागि यो पेशा अति नै उत्तम रहेको उनको बुझाई छ । घरपरिवारलाई  समय दिएर पनि गर्न सकिने यो पेशा अन्य पेशालाई अन्य पेशासँग तुलना गर्न चाहदिनन् उनी । पारिश्रमिकको दृष्टिकोणमा होस् अथवा मानसम्मान, अभिकर्ता पेशा अति नै उपयुक्त रहेको छ । उनले सिनियर एजेन्सी म्यानेजर भएसँगै मासिक १ लाखभन्दा बढी पारिश्रमिक लिने गरेकी छिन् ।

हाल सिटिजन लाइफ विराटनगर शाखामा एजेन्सी म्यानेजर उनी मात्र छिन् । जसले गर्दा उनको जिम्मेवारी पनि अलि धेरै नै रहेको छ । उनी २०७४ मा एजेन्सी म्यानेजर बनेकी थिइन् । हाल उनको अन्डरमा २ सय जनाभन्दा बढी अभिकर्ताले काम गर्दै आएका छन् । यति धेरै अभिकर्तासँग काम गर्न सजिलो र अप्ठेरो दुवै रहेको उनी बताउँछिन् । भरखरै अभिकर्ता बनेकादेखि लामो समय काम गरेका अभिकर्ता सबैलाई उनी ट्रेन गर्ने गर्छिन् । छिट्दै घुलमिल हुने उनको बानिले जुनसुकै परिस्थितिमा काम गर्न थप सहयोग गरेको छ । उनले अभिकर्ता पेशा सुरु गरेदेखि हालसम्म करिब ५ सयभन्दा बढि बीमितको बीमा गर्न सफल भएकी छिन् । हरेक बीमितलाई फलो गरिरहने उनको बानीले गर्दा बीमितहरुले उनीमाथि विश्वास गर्ने गरेको छ । कुनै कुनै बीमितहरुले आफ्नो नाता आफन्तको बीमा गर्न अनितासँगै ल्याउने गरेको अनिताको भनाई छ ।

अनिताको बुझाइमा एक सफल अभिकर्ता बीमितको अगाडी कहिल्यै रिसाउँदैनन् र रिसाउनु हुँदैन । साथै, जति सक्दो धेरै बीमा र कम्पनीको बारेमा जानकारी राख्नुपर्ने हुन्छ, जसले बीमितसमक्ष गएर कुरा गर्दा खुलेर आत्मविश्वासका साथ जानकारी दिन सकिन्छ र विश्वास दिलाउन सकिन्छ । अभिकर्ताले जति सक्दो धेरै पब्लिक रिलेसन राख्नुपर्ने हुन्छ । बीमितको गुनासोलाई सुन्ने र समस्याको समाधानमा सहयोग गर्ने क्षमता हुन आवश्यक रहेको छ । साथै आफ्नो पेशालाई निरन्तरता दिन सके अवश्य सफल हुने उनको बुझाई छ । यदि कोहि कसैले यो पेशामा संलग्न हुने सोच राखेको भए लगनशिलता, विश्वास दिलाउन सक्ने, अभिकर्ताको हरेक प्रश्नमा हाँसेर सहजै उत्तर लिन सक्ने सहनशीलता भएको र बीमा र कम्पनीको बारेमा प्रत्येक जानकारी राख्न सक्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । यतिको गुण भएमा बीमितको नजरमा विश्वासिलो अभिकर्ता, कम्पनीको नजरमा एक सफल अभिकर्ता र आर्थिक रुपमा सबल बलियो बन्न सकिने अनिताको बुझाई छ । अनिताले अभिकर्ता पेशामा संलग्न भएदेखि सिंगापुर, थाइल्यान्ड, मलेसिय लगाएतका देशहरुमा पुग्ने अवसर समेत पाएकी छिन् ।

१५ वर्षको यात्रामा अनिताले अभिकर्ताको बारेमा थोरैले मात्रै राम्रो सोच राख्ने गरेको भेटेकी छिन् । केहि समयअघि नेपाल बीमा प्राधिकरण नेपालले ल्याएको बीमा ऐन,२०७९ को भने उनी खुलेरै प्रशंसा गर्छिन् । यो नियमसँगै अभिकर्ताले सम्मान र इज्जत पाउने उनको विश्वास छ । घरघर गएर विद्यार्थी भर्ना गर्ने शिक्षकलाई जस्तै, गाउँगाउँ पुग्ने बैंकका कर्मचारीलाई र लोन उठाउन हिँडेका सहकारी र लघुवित्तका कर्मचारीलाई झैं बीमाको बारेमा जानकारी दिने, सचेतना जनाउने, सिंगो परिवारमाथि आइपर्ने आर्थिक अभावलाई समाधान गर्ने र पैसा बचत गर्न सिकाउने अभिकर्तालाई पनि समाजले सम्मानका साथ हेर्नेमा उनी विश्वस्त छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

13%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS