IME Life
Beema Board

इन्स्योरेन्स खवरको पाँचौ वार्षिकोत्सवको विशेष अवसरमा बीमा क्षेत्रका सबैले दिए असीम शुभकामना, कसले के भने

SPIL
NIC ASIA

काठमाडौं । आजकै दिन आर्थात बैशाख १ गतेदेखि इन्स्योरेन्स खबरले आफ्नो स्थापनाको पाँचौ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरण, बीमक संघ, जीवन बीमक संघ, सर्भेयर संघका अध्यक्ष तथा बीमा कम्पनी र पुनर्बीमा कम्पनीका सिइओहरुले शुभकामना व्यक्त गरेका छन् । उनीहरुले दिएको शुभकामना सन्देश जस्ताको त्यस्तैः

बीमा प्राधिकरणका अध्यक्ष, सूर्य प्रसाद सिलवाल

Prabhu
Crest

इन्स्योरेन्स खबर डटकम पत्रिकाको पाँचौ वर्ष पुरा भई छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सर्वप्रथम उक्त पत्रिकासँग आबद्ध सबै टिमहरुलाई हार्दिक बधाई दिन चाहान्छु । यो पत्रिका साच्चै इन्स्योरेन्स क्षेत्रको बारेमा र समग्र वित्तीय क्षेत्रको बारेमा असाध्यै मिहीन रुपमा लेख्ने पत्रिका हो । यसले धेरै पटक प्राधिकरणको आँखा खुलाउने काम गरेको छ । असम्भव भइरहेको कामलाई पनि समयमा नै खबर गरेर त्यसलाई समयमा नै काम गर्न सघाउ पुर्याएको छ । यस पत्रिकाले ६ वर्षको अवघिमा तमाम स्तरमा बसेर काम गरेको छ र आगामी दिनमा पनि यस्तै काम गरी समग्र वित्तीय क्षेत्रमा खासगरी बीमा क्षेत्रको विकासमा सहयोग पुग्छ भन्ने अपेक्षा गरेको छु  । ६ वर्षमा प्रवेश गरेको अवसरमा पुनः बधाई व्यक्त गर्दै यस वर्ष सफलताले बितोस भन्ने कामना ज्ञापन गर्दछु ।

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष, राजेन्द्र मल्ल

इन्स्योरेन्स खबर डटकम पाँचौ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दछु । यस छोटो अवधिमा नै इन्स्योरेन्स खबरले आम जनतालाई स्पष्ट सुचना प्रवाह गरेको छ । यो सबैका लागि सर्हानिय छ । म नेपाल चेम्बर अफ कर्मस तथा निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षको नाताले धेरै धेरै बधाई तथा शुभकामना दिन चाहान्छु ।

जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत, पोषक राज पौडेल

पाँच वर्ष पुरा गरी छैठौ वर्ष प्रवेश गर्न लागेको इन्स्योरेन्स खवर टिमलाई धेरै धेरै शुभकामना । यसै गरी इन्स्योरेन्स क्षेत्रको समयसामयिक विषय, लेख, अनुसन्धान लागयतका सम्पुर्ण विषयवस्तु समेटेर यो क्षेत्रलाई मूल्यवान योगदान दिने गरी अगाडी बढ्नु होस् हाम्रो शुभकामना छ । यहाँहरुको उत्तरोत्तर प्रगति र समग्र इन्स्योरेन्स क्षेत्रको प्रगतिका लागि यहाँहरुले भुमिकालाई विशेष विशेष धन्यवाद दिन चाहन्छु । जीवन बीमक संघको तर्फबाट सिटिजन लाइफको तर्फबाट सम्पुर्ण बीमा प्रेमीहरुको तर्फबाट यस इन्स्योरेन्स खबरलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहान्छु ।

नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत, चंकी क्षेत्री

सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलीको’को तर्फबाट हार्दिक मंगलमय शुभकामना दिन चाहान्छु । साथै बीमक संघको अध्यक्षको नाताले समेत इन्स्योरन्स खबरलाई शुभकामना दिदै जुन बीमा क्षेत्रमा लेखाजोखा गरेर समाचार सम्प्रेषण गर्ने इन्स्योरेन्स खबरले आम जनतालाई ठुलो योगदान गरेको जस्तो लाग्छ र आगामी दिनमा पनि इन्स्योरेन्स खबरले देश विदेशमा भएको बीमा क्षेत्रका घटना तथा हाम्रो बीमा क्षेत्रले कस्तो काम गर्दा राम्रो हुन्छ लगायतका समाचार ल्याएर जनमानसमा राम्रो प्रभाव गर्छ भन्ने आशा राख्दै हार्दिक मंगलमय शुभकामना दिन चाहान्छु ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, शंकर कुमार रायमाझी

इन्स्योरेन्स खबरले आफ्नो सेवाको कार्यकाल पाँच वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा म आफु स्वयम र नेपाल पुनर्बीमा कम्पनीको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा इन्स्योरेन्स खबरडटकमको कार्यभार अझै राम्रो, सफल र गतिलो हुँदै जाओस भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु ।

सर्भेयर संघका अध्यक्ष, मोहन पुरुष ढकाल

इन्स्योरेन्स खबर पाँचौ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आफु स्वयं मोहन पुरुष ढकाल र सर्भेर स्शोसियसनका अध्यक्ष तथा सभापतिको तर्फबाट र टिमको तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्न चाहान्छु । म इन्स्योरेन्स खबरको नियमित पाठक हुँ र मैले धेरै कुराहरु थाहा पाउदँदै आएको छु । इन्स्योरेन्स खबरको समाचारले सूसुचित पनि गराउँदछ । सबैलाई पहुँच पुर्याएर काम गर्नुस धेरै धेरै शुभकामना ।

शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दिप प्रकाश पाण्डे

इन्स्योरेन्स सम्बन्धी सबै खबर तुरुन्तै प्रकाशन गर्ने गर्दछ । यो अनलाईन पोर्टल धेरै उपयोगी छ । हामीले यस पोर्टलबाट धेरै फाइदा लिएका छौ । समयमानै बीमा सम्बन्धी समाचार हेर्न पाएका छौ । यस अनलाईन पाँचौ वर्ष पुरा गरी छैटौं वर्ष लागेकोमा हामी धेरै खुशी छौं । इनस्योरेन्स खबरले आगामी दिनमा उत्तरोउत्तर प्रगति गरोस भन्ने शुभकामना छ । मेरो व्यक्तिगत तर्फबाट र कम्पनीको तर्फबाट धेरै शुभकामना छ ।

सानिमा जिआइसीका प्रमुख कार्यकारी अधिकृत, सुद्युम्न प्रसाद उपाध्याय

इन्स्योरेन्स खबर पाँचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई ज्ञापन गर्न चाहान्छु । तपाईहरुले यो पाँच वर्षको अन्तरालमा बीमा सम्बन्धी विभिन्न विषयहरुमा विविध कुरा उठान गरी बीमा क्षेत्र प्रवर्द्धन र विकासमा योगदान पुर्याएको छ । यो योगदानले गर्दा भविष्यमा बीमा बजारलाई अगाडी बढाउन पक्कै सहयोग गर्नेछ र आगामी दिनमा पनि यही दौरानमा अगाडी बढ्नुहोला यसको लागि धेरै शुभकामना ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सन्तोष प्रसाई

इन्स्योरेन्स खबरडटकम पाँचौ वर्ष पुरा गरेर छैटौं वर्षमा प्रवेश गरेको अवसरमा धेरै धेरै शुभकामना । इन्स्योरेन्स खबरले एकदम प्रभावशाली न्युज लेख्ने गरेको र आगामी दिनमा पनि यो प्रभावशाली कामलाई निरन्तरता दिएर अझै विकास गरी अगाडी बढ्नलाई प्रेरणा मिलोस अझै धेरै प्रभावशाली हुँदै जानु भन्ने मेरो र प्रभु लाइफको तर्फबाट शुभकामना छ ।

पेशागत बीमा अभिकर्ता संघक अध्यक्ष, केदारनाथ अधिकारी

इन्स्योरेन्स खबरले आफ्नो स्थापनको पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेकोमा मलाई दुई शब्द राख्न दिएकोमा धेरै धेरै आभार व्यक्त गर्दछु । म इन्स्योरेन्स क्षेत्रको मान्छे भएको नाताले मैले इन्स्योरेन्स खबर धेरै हेर्ने गरेको छु । मैले इन्स्योरेन्स खबरबाट धेरै महत्वपुर्ण ज्ञान र महत्वपुर्ण सूचनाहरु मैले लिएको छु । यो खबर एकदमै तथ्यपरक छ र ज्ञानवर्द्धक छ । यसले बीमा क्षेत्रमा एउटा बीमा जगतको विकासका लागि आम अभिकर्तालाई बीमा सम्बन्धी ज्ञान तथा सूसुचित गर्नका लागि धेरै उपयोगी भुमिका निर्वाह गरेको छ । आगामी दिनमा पनि अझै जोडदार र शसक्त हिसावले अगाडी बढ्नेछ र आम जनमानसमा लोकप्रिय हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव, ओम के.सी

इन्स्योरेन्स खबर पाँच वर्ष पुरा गरी छैठौं वर्षमा लागेको अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु । बीमाको क्षेत्रमा जनतालाई बीमाको बारेमा जानकारी गराई सबैलाई बीमाको बारेमा सजग गर्दै आएकोमा धेरै धेरै धन्यवाद । म व्यक्तिगत ओम के.सी र पेशागत बीमा अभिकर्ता संघ नेपालको महासचिवको तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS