काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले चैत १३ गते क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न स्वीकृति दिएको थियो ।
प्राधिकरणले स्वीकृति दिएको मितिबाटै उनको कार्यकाल लागु हुने कम्पनीले जनाएको छ । साविक सगरमाथा इन्स्योरेन्स कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर पश्चात फागुन २९ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।
कम्पनीको सञ्चालक समितिले फागुन २९ गते नै क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिले नियुक्ति गर्ने निर्णय गरे पनि बीमा प्राधिकरणको स्वीकृति आवस्यक पर्ने भएकाले चैत १३ गतेदेखि उनको कार्यकाल भ्यालिड हुनेछ ।
कम्पनीले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । मर्जरको सुविधा अनुसार उनले र कम्पनीले चाहेमा अझै एक कार्यकाल काम गर्न पाउने छन् ।
1680082564445