IME Life

सानिमा रिलायन्सको सिइओमा शिवनाथ पाण्डेलाई नियुक्त गर्न प्राधिकरणले दियो स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डेलाई नियुक्तिका लागि स्वीकृति दिएको छ । मर्जर अगाडी नै संयुक्त मर्जर कमिटीले सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई भित्र्याउने निर्णय गरेका थिए ।

एकिकृत कारोबारकै दिन कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्राधिकरणले एकै दिनमा स्वीकृत दिन नसकिने भन्दै उनको सम्पुर्ण फाइल हेरेर आज स्वीकृति प्रदान गरेको हो । प्राधिकरणले स्वीकृत गरे सँगै पाण्डेले भोलिदेखिनै कार्यभार सम्हालन सक्ने छन् ।

Prabhu
Crest

साविक सानिमा लाइफ र रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृतलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । साविक रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरिसकेका छन् । साविक सानिमा लाइफका अगम मुखियाले अझै के गर्छन् भन्ने निर्णय गरिसकेका छैनन् । संयुक्त मर्जर कमिटी तथा सञ्चालक समितिले कर्मचारीको जिम्मेवारी भने बाँडफाँड गरिसकेका छैनन् ।

पाण्डे साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । उनि २०७७ मंसिर एक गतेदेखि बीमा क्षेत्रबाट बाहिरिएका थिए । उनि बीमा क्षेत्रमा २ वर्ष भन्दा लामो अवधि पछि पुनः फर्किएका हुन् । पाण्डे सूर्या लाइफमा प्रवेश गर्नु अगाडी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । तत्कालिन सूर्या लाइफका अध्यक्ष तथा नेपाल सरकारका पुर्व सचिव केशव प्रसाद भट्टराईले उनलाई प्रमुख कार्यकारी अधिकृतमा आउन अनुरोध गरे पछि बीमा क्षेत्रमा भित्रिएका थिए ।

चार्टर्ड एकाउन्टेन्ट पाण्डेका लागि तत्कालिन समयमा बीमा क्षेत्र बिल्कुल नयाँ थियो । क्षेत्र नयाँ नै भए पनि उनले कम्पनीलाई केही माथि ल्याउन सफल पनि भए । हक्की स्वभावका पाण्डे जीवन बीमा कम्पनीहरुको उच्च व्यवस्थापकहरुको छाता संगठन ‘नेपाल जीवन बीमक संघको संस्थापक अध्यक्ष समेत हुन् ।

मर्जर पछि सानिमा रिलायन्स लाइफको सिइओमा शिवनाथ पाण्डे भित्रिदै

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS