Connect IPS
IME Life

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको दिन शेयर बजारमा २२ अंकको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएको दिन शेयर बजारमा २२.६५ अंकले सुधार भएको छ । राजनीतिक संक्रमणले गर्दा पछिल्ला दिनमा शेयर बजारमा लगातार गिरावट हुँदै आइरहेको छ । आज प्रचण्डले विश्वासको मत पाउने वित्तीकै सरकार विस्तारको क्रम सुरु हुनेछ ।

नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल अगाडी बढाइसकेको छ । त्यस्तै सत्ता गठबन्धन विच सत्ता साझेदारीका विषयमा छलफल भइरहेको छ । थिलिएको अर्थतन्त्रलाई सम्हाल्न को आउछ भन्ने विषयलाई लगानीकर्ताले चासोका साथ हेरिरहेका छन् । अर्थमन्त्रालय नेपाली कांग्रेसको भागमा परेको हुँदा कांग्रेसलाई अहिलेको अर्थतन्त्र वुझेको र सम्हाल्न सक्ने व्यक्ति चाहिएको छ । यसका लागि ५/७ जनाको आकांक्षा देखिन्छ । आकांक्षी मध्ये अधिकाम्सले अहिलेको आर्थिक संकटलाई समाधान गर्न सक्ने ल्याकत राख्दैनन् । तर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणाले यस विषयलाई कत्तीको गम्भिरताका साथ हेरिरहेका छन् भन्ने कुरालाई कसैले पनि नजर अन्दाज लगाउन सकिरहेका छैनन् । यहि अन्योलताले गर्दा विगतका दिनमा शेयर बजारमा लगातार गिरावट हुँदै आएको छ ।

Prabhu
Crest

तर सोमबार भने नेप्से सूचक २२.६५ अंकले सुधार भएर १९४९.०६ अंकमा रोकिएको छ । कारोबार रकम भने एक अर्ब २९ करोड नाघेको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार आउदा १७८ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । त्यस्तै ३३ वटाको मूल्य घटेको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । सर्वाधिक कारोबार आइएमई जनरलको ७ करोड ६३ लाख रुपैयाँको भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS