IME Life
Beema Board

हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २९औं वार्षिक साधारण सभा चैत २९ गते गर्ने भएको छ । सभा बानेश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा बिहानको ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको ििमत तय गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको २ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव १४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आर्थिक वर्षको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै सभामा बोनश शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव पेश गर्नेछ । साथै बोनश शेयर जारी गर्दा तथा जारी तथा चुक्तापुाजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले चालु आर्थिक वर्ष २०७०/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना शेयरधनीहरु निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते एकदिनका लागि बुक क्लोज गर्ने भएको छ । यसको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS