IME Life

ईङवाको आयोजना प्रभावित क्षेत्र परिवर्तन, अब यी क्षेत्रका स्थानीयले आवेदन दिन पाउने

SPIL
NIC ASIA

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको छ । कम्पनीले फागुन २१ गतेदेखि निष्काशन गरेको पहिलो चरणको आइपीओ खरीदका लागि आवेदन दिने स्थानीयको क्षेत्र परिवर्तन गरेको हो ।

फागुन २१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले पाँचथर जिल्ला याङ्वरक गाउँपालिका वडा नम्बर २ (साविक फलैचा गाविस वडा नम्बर १ देखि ९ सम्म), याङ्वरक गाउँपालिका वडा नम्बर ३ (साविक ओयाम गाउँ विकास समिति नम्बर १ देखि ९ सम्म) र ताप्लेजुङ जिल्ला सदिङ्गवा गाउँपालिका (साविक आङखोप गाउँ विकास समिति वडा नम्बर १ देखि ९ सम्म) का स्थानीयमा आईपीओ जारी गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि पनि आइपीओ निष्कासन गरेको हो । कम्पनीले ६ लाख कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्कासन गरेकोे हो ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आगामी चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी वैदेशिक रोजगारीमा रहेको नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी(आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले ताप्लेजुङ जिल्लामा ९ दशमलव ७ मेगावाट क्षमताको ईङवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS