IME Life

राष्ट्रपति निर्वाचनको तयारी पुरा, भोलि नै मतपरिणाम घोषणा गरिने

SPIL
NIC ASIA

काठमाडौं । फागुन २५ गते (बिहिबार) हुने राष्ट्रपति निर्वाचनका लागि तयारी पुरा भएको छ । निर्वाचनका लागि आवश्यक जनशक्ति, प्राविधिक लगाएत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि सङ्घीय संसद र प्रदेशसभा सदस्यका लागि छुट्टा छुट्टै मतदान केन्द्र निर्माण गरिएको छ । निर्वाचनलाई व्यवस्थित बनाउन छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्थापन गरिएको आयोगले जनाएको छ ।

Prabhu
Crest

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि पौडेलको तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्ताैला प्रतिनिधिको रुपमा रहेका छन् ।

मतदान भने विहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने आयोगले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS