IME Life
Beema Board

अर्बपति र गरिबको स्वास्थ्य बीमा शुल्क एउटै हुनुहुँदैनः डा. तोसिमा

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमाको मोडल गलत भएको बताएकी छिन् । सांसद कार्कीले नेपालमा करोडपति र मजदुर गरिबले पनि एउटै खाले स्वास्थ्य बीमा उपभोग गर्दै आएकोले यस मोडलको परिमार्जन गर्न आवश्यक भएको उल्लेख गरेकी छिन् ।

स्वास्थ्य बीमितले एक लाख रुपैयाँ बराबर बीमाङ्क रकमको सेवा उपभोग गर्न पाउने व्यवस्था छ । तर कतिपय अस्पतालले अनावश्यक चेक जाँच गरि उक्त सेवा बापत स्वास्थ्य बीमा बोर्डबाट रकम लिने गरेको छ । तसर्थ सरकारले अनुगमन र स्वास्थ्य बीमा बोर्डको मोडल परिवर्तन गर्न सरकार समक्ष आग्रह गरेको छ ।

Prabhu
Crest

सरकारले स्वास्थ्य बीमा सेवा लिनका लागि सिमित अस्पताल तोकिएकोले पनि यो सेवा प्रभावकारी बन्न नसकेको उनी बताउँछिन् । तसर्थ स्वास्थ्य बीमाको पहुँच हरेक अस्पतालमा हुन आवश्यक रहेको उनको भनाई छ । मानसिक स्वास्थ्य सेवाको अवस्था कमजोर भएकोले आत्महत्या गर्नेको संख्या दिनानुदिन बढ्दै गएको हुँदा मानसिक स्वास्थ्य सेवा विस्तार र व्यवस्थित गर्न माग गरेकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS