IME Life
Beema Board

फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्डको ८ करोड इकाई निष्काशन हुने

SPIL
NIC ASIA

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्डको इकाई निष्काशन तथा विक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा ८ करोड इकाई निष्काश गर्न लागेको जनाएको छ ।

निष्काशन गरिने कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्काशन गरिकने जनाएको छ ।

Prabhu
Crest

यस इकाईमा छिटोमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ यस अवधिमा पनि आवेदन नपरेमा ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । योजनाको इकाई निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ ।

यस योजना १० वर्षे अवधिको बन्दमुखि प्रकृतिको रहेको छ । यस योजनाको आकार ८० करोड रुपैयाँको रहेको छ । योजनाको इकाई न्यूनतम ४ करोड विक्री हुनुपर्नेछ । यस योजनाको इकाई बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

न्यूनतम इकाई विक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ । योजना परिपक्व भए पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी प्रचलित कानून बमोजिम इकाईधनीहरुलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्तसम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS