IME Life
Beema Board

चार बीमा कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न प्राधिकरणले दियो अनुमति, कसको कति कित्ता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार जीवन बीमा कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिएको छ । प्राधिकरणले नेटवर्थको दुई गुणा भन्दा बढि नहुने गरी प्रिमियममा आइपिओ निष्काशन गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको हो ।

प्राधिकरणले विद्यमान कुनै पनि बीमा सम्बन्धी कानुनमा प्रिमियममा आइपिओ निष्काशन गर्न नहुने भन्ने व्यवस्था नभएको र कम्पनी ऐन २०६३ अनुसार प्रिमियममा आइपिओ निष्काशन गर्न मिल्ने व्यवस्था रहेको भन्दै स्वीकृति दिएको हो ।

Prabhu
Crest

यस भन्दा अगाडी रिलायबल नेपाल लाइफले नेपाल धितोपत्र बोर्डमा प्रिमियममा आइपिओ निष्काशन गर्नका लागि निवेदन दिइसकेको छ । तर नेपाल धितोपत्र बोर्डले बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई यस्तो कार्य रोक्न अनुरोध गर्दै आएको थियो । तर प्राधिकरणले बीमा कम्पनीको कोष बलियो हुने भन्दै बोर्डको अनुरोधलाई अस्वीकार गरेको छ ।

प्रिमियममा आइपिओ निष्काशन गर्न दिने नदिने भन्ने अन्तिम निर्णय गर्न बोर्डलाई नै सुम्पिएको छ । बोर्डले अनुमति दिएमा कम्पनीहरुलाई प्रिमियममा आइपिओ निष्काशन गर्न दिने प्राधिकरणको निर्णय छ । रिलायबल नेपालले सबैभन्दा पहिला प्रिमियममा आइपिओ निष्काशनको प्रस्ताव गरेको थियो । त्यस पछि आधार मूल्यमै आइपिओ निष्काशन गर्ने अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको आइएमई लाइफ पनि पछाडी हटेको थियो ।

अहिले आइएमई लाइफ पनि प्रिमियममा आइपिओ निष्काशन प्रकृयाँमा छ । सिटिजन लाइफ र सन नेपाल लाइफ भने रिलायबललाई अनुमति दिए पछि मात्रै धितोपत्र बोर्डको प्रकृयाँ अगाडी बढाउने पक्षमा छन् । यदि रिलायबलले अनुमति पायो भने तुरुन्तै प्रिमियममा आइपिओ निष्काशन गर्ने उनिहरुको योजना छ ।

चार जीवन बीमा कम्पनी बाहेक महालक्ष्मी लाइफले पनि आइपिओ निष्काशन गरेको छैन । तर महालक्ष्मी लाइफले प्रभु लाइफ सँग मर्जरको सहमति गरिसकेको छ । मर्जर पश्चात एफपिओ जारी गर्ने सोचमा महालक्ष्मी लाइफ र प्रभु लाइफ छन् । दुबैले मर्जरका आवस्यक काम द्रुत गतिमा अगाडी बढाइसकेका छन् ।

हाल सिटिजन लाइफको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब २५ करोड रुपैयाँ छ । त्यस्तै सन नेपाल लाइफको २ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७३ करोड ७७ लाख रुपैयाँ छ । आइएमई लाइफको २ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ४ करोड रुपैयाँ जम्मा भइसकेको छ । धितोपत्र बोर्डमा प्रिमियम सहित आइपिओ निष्काशनको अनुमति माग गर्दै निवेदन दिएको रिलायबल नेपाल लाइफको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ जम्मा भएको छ ।

जीवन बीमा कम्पनीले विध्यमान पूँजीको आधारमा सर्वसाधारण समुह तर्फ ३० प्रतिशत कायम हुने गरी आइपिओ निष्काशन गर्नु पर्नेछ । यस आधारमा रिलाबयल नेपालले १२० रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँको दरमा एक करोड २० लाख कित्ता आइपिओ निष्काशन गर्नेछ । यदि यहि प्रिमियममा आइपिओ निष्काशन गर्न पायो भने रिलायबल नेपालले सर्वसाधारण शेयरधनीहरुबाट एक अर्ब ४४ करोड रुपैयाँ उठाउनेछ । जसले गर्दा कम्पनीले सजिलै ५ अर्ब पुर्याउनेछ ।

यस्तै सिटिजन लाइफले अहिलेको विध्यमान पूँजीका आधारमा एक करोड १२ लाख कित्ता आइपिओ निष्काशन गर्नु पर्नेछ । आइएमई लाइफले पनि एक करोड २० लाख र सन नेपाल लाइफले ९६ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%

खुसी

11%

दु :खी

7%

अचम्मित

4%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS