IME Life
Beema Board

स्वास्थ्यमन्त्रीकाे दबाबपछि स्वास्थ्य बीमा बाेर्डकाे अध्यक्ष पदबाट डा‍. उप्रेतीकाे राजीनामा

SPIL
NIC ASIA

काठमाण्डाै‌ । स्वास्थ्य मन्त्री पदम गिरीकाे दबाब पछि बीमा बाेर्डकाे अध्यक्ष पदबाट डा‍. सेनेन्द्र राज उप्रेतीले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमा मंगलबार स्वास्थ्यमन्त्री गिरी समक्ष राजीनामा दिएका हुन् ।

२०७७ साउन २० गते अध्यक्ष नियुक्त डा. उप्रेतीले कार्यकाल पुरा नहुँदै राजीनामा दिन बाध्य भएका हुन् । उप्रेती पूर्व स्वास्थ्य सचिव समेत हुन् । उप्रेतीले सरकारी निकायकाे असहयाेगका कारण आफ्नाे कार्यकालमा बाेर्डले अपेक्षितरुपमा काम गर्न नसकेकाे प्रतिकृया स‌ंचारकर्मीलाई दिएका छन् ।

Prabhu
Crest

पदभार ग्रहण लगत्तै नवनियुक्त स्वास्थ्य मन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमकाे प्रभावकारीतासँग आफू सन्तुष्ट नरहेकाे प्रतिकृया दिएका थिए । उनले स्वास्थ्य  बीमामा सहभागी भइसकेका नागरिकको नविकरण नहुने, सहभागीकाे संख्या घट्दै जाने अनेकौं समस्याहरु देखिएकोमा असन्तुष्टी व्यक्त गरेका थिए । यसको प्रमुख कारण के हो, यसका अप्ठ्यारो र समस्या कहाँनेर परेको हो त्यतातर्फ गम्भिरताका साथ हेरिने र यसलाई अझै फराकिलो बनाएर लैजाने उनले प्रतिवद्धता व्यक्त गरेका थिए । सबै नागरिकले स्वास्थ्य सेवा पाउने सुनिश्चिता गर्ने उनको अठोट छ ।

नेपाल सरकारले स्वास्थ्य सेवामा आम नागरिककाे सहज पहुँच बिस्तार गर्ने उद्देश्यले २०७२ सालदेखि बाेर्ड मार्फत् सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्दै आएकाे छ । देशकाे सबै जिल्लामा याे कार्यक्रम बिस्तार भएपनि सर्वसाधारणले अपेक्षित लाभ प्राप्त गर्न सकेका छैनन् । बीमा कार्यक्रमले घाेषणा गरे अनुसार अस्पतालहरुबाट सहजरुपमा उपचार सेवा र औषधी उपलब्ध नहुने र उपचारका लागी रसिद काट्न घण्टाै‌ं लाम लाग्नुपर्ने बाध्यताका कारण बीमितहरूकाे आकर्षण घट्दै गएकाे छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS