IME Life

राष्ट्रिय स्तरका विकास बैंक मध्ये नाफा कसको बढी ? कुन “अण्डर भ्यालुड” ?

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । चालु आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार मुक्तिनाथले ६२ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको छ । दोश्रोमा गरिमा विकास बैंकले ५० करोड २१ लाख रुपैयाँ खुद नाफा गर्दा तेश्रोमा शाइन रेसुंगा डेभलपमेण्ट बैंकले ४२ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

ज्योति विकास बैंक बाहेक सबै राष्ट्रियस्तरका विकास बैंकको नाफा १० करोड माथि छ । ज्योति विकास बैंकको नाफा ३ करोड ४७ लाख मात्र छ ।

Prabhu
Crest

त्यस्तै, प्रति शेयर आम्दानीको आधारमा शाइन रेसुंगा डेभलपमेण्ट बैंकको प्रति शेयर आम्दानी सर्वाधिक छ । शाइनको प्रति शेयर आम्दानी २० रुपैयाँ ०६ पैसा हुँदा मुक्तिनाथको १९ रुपैयाँ ५१ पैसा छ । तेश्रोमा गरिमाको १९ रुपैयाँ ३६ पैसा छ ।

दोश्रो बजारमा मुक्तिनाथ विकास बैंकको शेयर मूल्य सर्वाधिक छ । मुक्तिनाथको बजार मूल्य ४१६ रुपैयाँ ७० पैसा हुँदा लुम्बिनी विकास बैंकको ३७६ रुपैयाँ ९० पैसा र तेश्रोमा गरिमा विकास बैंकको ३७३ रुपैयाँ छ ।

माघ १२ गतेको बजार मूल्यलाई आधार मान्दा मूल्य आम्दानी अनुपात (पिई रेसियो)को आधारमा शाइन रेसुंगा डेभलपमेण्ट बैंकको मूल्य आम्दानी अनुपात सबै भन्दा कम छ । शाइनको मूल्य आम्दानी अनुपात १७ दशमलव ९० गुणा हुँदा गरिमाको १९ दशमलव ३० गुणा र तेश्रोमा मुक्तिनाथको २१ दशमलव ४० गुणा छ ।   

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

29%

दु :खी

29%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS