IME Life

व्याजदर घट्दा तेस्रो त्रैमासमा बीमा कम्पनीको नाफामा भारि गिरावट हुँदै, समान व्याजदर कायम राख्ने प्रयास असफल

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरुले व्याजदर घटाउदा बीमा कम्पनीहरुको मुनाफामा ह्वात्तै गिरावट आउने भएको छ । यस त्रैमासिक अवधिमा परिपक्व हुने मुद्दती निक्षेपले त्यस पछि एकदमै कम व्याजदर पाउने छन् । बैंकहरुले बीमा कम्पनीहरुलाई विगतमा १३ प्रतिशतभन्दा माथिसम्म व्याजदर दिएको पाइएको छ । व्याजदरका कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासकै मुनाफामा प्रभाव पर्ने आकलन गरिएकोमा तेस्रो त्रैमाशिक अवधिमा थप घट्ने पक्का छ ।

माघ महिनामा कायम गरिएको व्याजदरको प्रभाव बीमा कम्पनीहरुले आर्जन गर्ने नविकरण बीमा शुल्क र प्रथम बीमा शुल्कलाई लगानी गर्ने क्रममा पर्नेछ । त्यस्तै विगतका महिना तथा वर्षमा मुद्दती निक्षेपमा पैसा जम्मा गरेर यस अवधिमा परिपक्व हुने निक्षेपमा पनि असर पर्नेछ । विभिन्न क्षेत्रमा लगानी गरेर आर्जन भएको रकमलाई पुनः लगानी गर्ने क्रममा पनि यसले प्रभाव पार्नेछ । त्यसमा पनि बीमा कम्पनीहरुले विभिन्न कम्पनीहरुको शेयरमा गरिएको लगानीको प्रतिफल यहि अवधिमा प्राप्त गर्छन् । उक्त लाभांशलाई पुनः लगानी गर्ने क्रममा अहिले कायम व्याजदरमै गर्नु पर्ने हुन्छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुले व्याजदरमा वार्गेनिङ गरेर अधिकतम व्याजदर लिन खोजे पछि नेपाल राष्ट्र बैंकले लगाम लगाइदिएको थियो । व्यक्तिगत मुद्दती निक्षेपको व्याजदर र संस्थागत मुद्दती निक्षेपको व्याजदरमै नीतिगत व्यवस्था गरिदिए पछि बीमा कम्पनीहरुले वार्गेनिङ गरेर व्याजदर बढाउन पाएका छैनन् । राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको व्याजदर २ प्रतिशत विन्दुको अन्तर राख्नु पर्ने व्यवस्था गरिदिए सँगै बीमा कम्पनीहरुले पाउदै आएको व्याजदरमा भारि गिरावट आएको हो ।

अव बीमा कम्पनीहरुले मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशत मात्रै पाउने छन् । बैंकहरुले सार्वजनिक गरेको व्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा जम्मा गर्नेले ११ प्रतिशत पाउने छन् । पुस महिनासम्ममा व्यक्तिगत मुद्दती निक्षेप तर्फ १२.१३३ प्रतिशत थियो भने संस्थागत तर्फ १०.१३३ प्रतिशत थियो । यसमा एक प्रतिशत विन्दु तल झरे सँगै बीमा कम्पनीहरुले ९ प्रतिशत भन्दा धेरै व्याजदर पाउने छैनन् ।

हाल जीवन बीमा कम्पनीहरुले बाणिज्य बैंकको मुद्दती निक्षेपमा तीन खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्दै आएका छन् । त्यस्तै विकास बैंकमा ४३ अर्ब १२ करोड छ भने फाइनान्समा ५ अर्ब ४७ करोड रुपैयाँ छ । जीवन बीमा कम्पनीको कुल लगानी मध्ये ७७ प्रतिशत लगानी बैंक वित्तीय संस्थाकै मुद्दती निक्षेपमा रहेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीको पनि ८१ प्रतिशत लगानी बैंक वित्तीय संस्थाकै मुद्दती निक्षेपमा छ । निर्जीवन बीमा कम्पनीको ३७ अर्ब ३४ करोड बाणिज्य बैंकको मुद्दती निक्षेपमा, ५ अर्ब ६४ करोड विकास बैंकको मुद्दती निक्षेपमा र ९४ करोड ३३ लाख रुपैयाँ फाइनान्सको मुद्दती निक्षेपमा लगानी रहेको छ ।

यति ठुलो लगानी बैंक वित्तीय संस्थाकै मुद्दती निक्षेपमा हुने भएकाले बीमा कम्पनीको मुनाफा व्याजदरकै कारणले तलमाथि हुन्छ । विगत दुई तीन वर्षदेखि बीमा कम्पनीले राम्रो व्याजदर पाउदै आएका छन् । व्याजदर सँगै उनिहरुको मुनाफामा पनि उल्लेख्य सुधार देखिन्छ । तर चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको व्याजदर अन्तर २ प्रतिशत विन्दु हुनु पर्ने व्यवस्था गरिदिए पछि बीमा कम्पनीहरुको मुनाफमा ठुलो असर परिरहेको छ ।

व्याजदर तल झर्ने वित्तीकै बीमा कम्पनीको मुनाफा मात्रै नभइ बीमितले पाउने बोनसदर पनि प्रभावित हुने निश्चित छ । यसरी एउटै क्षेत्रमा लगानी केन्द्रित गर्दा साना तिना नीतिगत संशोधनले पनि बीमा कम्पनीहरुको मुनाफा प्रभावित बन्ने अवस्था आएको हो ।

यसरी ठुलो रकम बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै केन्द्रित नभइ अन्य विधिध क्षेत्रमा लगानी बढाउने हो भने मुनाफा तथा बोनसदर केवल व्याजदरमै सिमित हुनु पर्दैन थियो । प्राधिकरणले लगानी सम्बन्धी नितिगत व्यवस्थामा धेरै पटक संशोधन गरिसकेको छ । घरजग्गामा लगानी गर्न पाउनेदेखि लिएर पुर्वाधार क्षेत्रमा समेत लगानी बढाउन प्राधिकरणले निर्देशन दिइसकेको छ । तर बीमा कम्पनीहरुले सुरक्षित लगानी भन्दै बैंकहरुमै पैसा जम्मा गरेर बसिरहेका छन् ।

बीमकको व्याजदर समान बनाउने प्रयास असफल

राष्ट्र बैंकले नीतिगत रुपमै बीमा कम्पनीहरुको व्याजदरमा लगाम लगाइदिए पछि बीमकहरुले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीदेखि लिएर अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई नै भेटेर व्याजदरका विषयमा पुनरावलोकन गरिदिन अनुरोध गर्दै आइरहेका छन् ।

बीमा कम्पनीहरुले बाणिज्य बैंकमा जम्मा गर्ने मुद्दती निक्षेपको रकम पनि सर्वसाधारण व्यक्तिहरुबाटै संकलन गरेको बीमा शुल्क भएको हुँदा यसलाई व्यक्तिगत सरह व्यवहार गर्न अनुरोध गर्दै आइरहेका छन् । बीमा कम्पनीहरुको जीवन बीमा कोषमा रहेको सम्पुर्ण रकम बीमितहरुकै हो । यसरी बीमा कोषको रकमबाट प्राप्त आम्दानीकै आधारमा बीमितले बोनसदर प्राप्त गर्छन् । यदि बीमा कम्पनीहरुले राम्रो आम्दानी गर्न सकेका खण्डमा बोनसदर पनि राम्रो आउछ ।

अर्को तर्फ जीवन बीमा कोषको रकम लगानी गरेर प्राप्त हुने सम्पुर्ण आम्दानी यहि कोषमा जम्मा हुन्छ । जुन बीमा कम्पनीमा लगानी गर्ने शेयरधनीहरुको मुनाफामा सरिक हुँदैन । त्यसैले पनि बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणलाई बारम्बार यहि कुरा राष्ट्र बैंकलाई बुझाइदिन अनुरोध गर्दै आएका छन् । प्राधिकरणले राष्ट्र बैंकलाई भेटर यस विषयमा पुनरावलोकन गरिदिन अनुरोध समेत गर्दै आइरहेका छन् ।

केहि समय अगाडी जीवन बीमक संघले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई प्रत्यक्ष भेटेरै राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई संशोधन गरि व्यक्तिगत र सर्वसाधारण निक्षेपको व्याजदरको अन्तर खारेजी गर्न आग्रह नै गरेका थिए । तर उनिहरुको गुनासो अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।

हरेक बीमा कम्पनीहरु सँग अर्बौ खर्बौ रुपैयाँको निक्षेप रहेको हुन्छ । यसले गर्दा बीमा कम्पनीहरु बैंकहरु सँग राम्रो वार्गेनिङ पावर बनाउन सक्ने क्षमता राख्दछन् । यसले गर्दा घुमाउरो पारामा बैंकहरुले बीमा कम्पनीहरुको निक्षेप टिकाइ राख्न वार्गेनिङ गरिरहेको पाइन्छ । बैंकहरुले पनि बीमा कम्पनीको ठुलो रकम नगुमाउन माग बमोजिमको व्याजदरमा सहमति गर्ने गरेको पाइन्छ । यहि सन्दर्भलाई हेरेर राष्ट्र बैंकले व्याजदरको अन्तरबाट वार्गेनिङ टुल नै कमजोर बनाइदिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS