IME Life
Beema Board

एकता दिवसकै दिन दुई बैंकको एकिकृत कारोबार, कुल पूँजी तर्फ सर्वाधिक ठुलो बन्दै ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’

SPIL
NIC ASIA

काठमाडौं । आज राष्ट्रिय एकता दिवसकै दिन दुई बाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकिकृत कारोबारको शुभारम्भ गर्दै छन् । आजदेखि दुई बैंक एकिकरण भएर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’को नामबाट कारोबार हुँदैछ ।

मर्जर पछि नेपाल इन्भेष्टमेन्ट कुल पूँजी तर्फ सर्वाधिक ठुलो भएको छ । मर्जर सँगै नेपाल इन्भेष्टमेन्टको कुल पूँजी ५८ अर्ब पुगेको छ । यसै साता मर्जर टुङ्ग्याएर एकिकृत कारोबार गरेको ग्लोबल आइएमईको कुल पूँजी ५७ अर्ब रहेको छ । चुक्ता पूँजी तर्फ मात्रै हेर्दा ग्लोबल अगाडी छ भने जगेडा कोष सहित भने नेपाल इन्भेष्टमेन्ट अगाडी छ ।

Prabhu
Crest

कुल सम्पत्ती तर्फ भने ग्लोलबल आइएमई अगाडी छ । ग्लोबलको कुल सम्पत्ती ५ खर्ब ५ अर्ब छ भने नेपाल इन्भेष्टमेन्टको ४ खर्ब ७१ अर्ब रुपैयाँ हुन्छ । मर्जर सँगै कुल निक्षेप तीन खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । यो ग्लोबल पछि दोस्रो ठुलो निक्षेप हो । त्यस्तै कर्जा लगानी तीन खर्ब २९ अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकको शाखा सञ्जाल २९६ वटा पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९ वटा पुगेको छ । एटिएम २७९ वटा सञ्चालनमा आएको छ भने कुल ग्राहक संख्या ४० लाख नाघेको छ ।

हिमालयन बैंक सँग अन्तिम चरणमा पुगेर मर्जर भाडिए पछि नेपाल इन्भेष्टमेन्टले मेगा सँग एक बराबर ०.९० को अनुपातमा मर्जरको सहमति गरेको छ । मेगा बैंकको १०० कित्ता शेयर हुनेको अव ९० कित्तामा झरेको छ । इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १९ अर्ब ३ करोड र मेगा बैंकको १६ अर्ब ७६ करोड रूपैयाँ थियो । स्वाप रेसियो अनुसार मेगाको शेयर समायोजन पछि चुक्ता पूँजी ३४ अर्ब १२ करोड पुगेको छ । स्वाप रेसियो अनुसार मेगा बैंकबाट एक अर्ब ६७ करोड जगेडामा जानेछ । यसबाट बैंकले अर्को वर्ष बोनस शेयर वितरण गर्न पाउनेछ ।

दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

त्यस्तै, मेगा बैंक गाभिने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेन्ट बैंकले व्यहोर्ने सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो । मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ । मर्जर पछि नेपाल इन्भेष्टमेन्ट बैंककै अध्यो पृथ्वी बहादुर पाँडे र सिइओ ज्योति प्रकाश पाण्डे नै भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS