IME Life
Beema Board

कृषि विकास बैंकको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज विहान ७ बजेर ४५ मिनेटमा बसेको सञ्चालक समितिको बैठकले चुक्त पूँजीको २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनानफाबाट चुक्ता पूँजी १३ अर्ब १८ करोडको २ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्नेछ ।

Prabhu
Crest

यस पटक बैंकले सरकारलाई राजस्व बढाउने नीति अनुरुप नगद लाभांशलाई जोड दिएको छ । दोस्रो बजारलाई सामान्य संबोधन गर्ने २ प्रतिशत बोनस शेयर पनि दिने भएको हो । प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजी १३ अर्ब ३९ करोड पुग्नेछ ।

नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ । यस्तो लाभांश हरेक वर्ष प्रदान गर्दै आएको छ ।

1673323601677

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS