IME Life
Beema Board

एनआईबिएल ग्रोथ फण्डको इकाईमा उत्साहपूर्ण सहभागिता, पर्यो १ अर्बमाथिको आवेदन

SPIL
NIC ASIA

काठमाडौं । एनआईबिएल ग्रोथ फण्डको इकाईमा उत्साहपूर्ण सहभागिता रहेको देखियो । अन्तिम दिनसम्ममा यस इकाईमा १ अर्ब ३२ करोडको आवेदन परेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” को सार्वजनिक निष्काशन पुस ७ गतेबाट खुल्ला भई पुस २१ बाट बिक्रि बन्द भएको छ ।

सार्वजनिक निष्काशन अवधिभरमा यस योजनामा ४५,८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताहरुबाट कुल १ अर्ब ३२ करोड भन्दा बढिको ईकाइ खरिदका लागी आवेदन परेको छ । वर्तमान तरलताको अवस्था साथै समग्र आर्थिक तथा पूँजी बजारको गतिविधिहरुमा देखिएको सुस्तताका बावजुद यस योजनामा आम लगानीकर्ताहरुको उत्साह प्रदक सहभागिता देखिएको छ । जुन प्रकारको उत्साह यस अघि हालै निष्कासित केहि फण्डका योजनाहरुमा देख्न पाईएको थिएन ।

Prabhu
Crest

जसको प्रमुख कारणको रुपमा “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत हाल संचालित योजनाहरुले आफ्ना इकाईधनीहरुलाई निरन्तर रुपमा प्रदान गरीरहेको प्रतिफलकाबिच लगानीकर्ताहरुमा यस फण्डका योजनाहरु प्रति स्थापित उच्च विश्वास रहेको पाईएको छ ।

१० बर्षे समयावधिका लागी जारी गरीएको यस “एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सो समयावधि सम्म सूचिकृत भई दोश्रो बजारमा कारोबार गर्न सकिने जानकारी योजना व्यवस्थापकले गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS