IME Life

लाभांश पारित गर्न सेन्ट्रल फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । सेन्ट्रल फाइनान्सले आफ्नो २६औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ कम्पनीको पुस ७ गते बसेको संचालक सििमतको बैठकले उक्त सभाको मिति य गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७२ साल असार मसान्तको वासलात तथा मिति २०७८/४/१ देखि २०७९ /३ / ३२ सम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहको विवरण पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखा समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक संख्या ३ र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक संख्या ३ को निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालकहरुको सुविधा वृद्धि गर्ने तथा सोसँग सम्बन्धित नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

1671774042090

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS