IME Life

६ विकास बैंकले घोषणा गरे लाभांश, २ कम्पनीको बुक क्लोज मिति तय, कुनले कति दिँदैछन् बोनश ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को लागि ६ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृत विकास बैंकहरुमध्ये यी ६ विकास बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्ने यी बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश मुक्तिनाथ विकास बैंकले घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ दशमलव २१०५ प्रतिशत लाभा.श वितरण गर्ने जनाएको छ । जसमा बैंकले १३ दशमलव ५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ० दशमलव ७१०५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको हो । गत वर्ष २०७७ /७८ मा कम्पनीले कुल १८ दशमलव ५ प्रतिशत लाभांश दिएको थियो ।

Prabhu
Crest

त्यस्तै, गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत बनेनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव ५ प्रतिशत वितरण गर्ने भएको छ । गत वर्ष बैंकले शेयरधनीलाई १६ प्रतिशत बोनश शेयर दिएको थियो ।

शाइन रेसुङगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले १३ दशमलव ३ प्रतिशत बोनश शेयर प्रदान गर्नेछ भने ० दशमलव ७ प्रतिशत नगद लाभाश वितरण गर्ने निर्णय गरेको छ । गत वर्ष बैंकले ११ दशमलव ५ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो ।

मितेरी डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा आफ्ना शेयरधनीलाई कुल १३ प्रतिशत लाभांश दिने भएको छ । जसमा १२ दशमलव ३५ प्रतिशत बोनश शेयर रहेको छ भने ० दशमलव ६५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । बैंकले गत वर्ष १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरी लुम्बिनी विकास बैंकले गएको आर्थिक वर्षको संचिती मुनाफाबाट शेयरधनीलाई कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा ३ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ भने ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश घोषणा गरेका विकास बैंकहरुले नगदलाई भन्दा बोनश शेयरलाई जोड दिइरहेको अवस्थामा लुम्बिनी विकास बैंकले भने नगद लाभांशलाई फोकस गरेको छ । गत वर्ष बैंकले १३ दशमलव ६८४२ प्रतिशत लाभांश दिएको थियो ।

महालक्ष्मी विकास बैंकले गत वर्षको संचिती नाफाबाट कुल १० दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र ६ दशमलव ४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बै.कले पनि नगद लाभांशलाई जोड दिएको छ । गत वर्ष बैंकले २१ दशमलव ०५२६ प्रतिशत लाभांश दिएको थियो ।

यी बैंकहरुले घोषणा गरेको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

लाभांश प्रस्ताव गरेका विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छैनन् भने साइन रेसुङगा डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले बुक क्लोज मिति तय गरेका छन् ।

गरिमा विकास बैंकले साधारण सभा प्रयोजनका लागि पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण बुक क्लोजको आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।

त्यस्तै, साइन रेसुङगा डेभलपमेन्ट बैंकले साधारणसभा प्रयोजनको लागि पुस १२ देखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%

खुसी

5%

दु :खी

23%

अचम्मित

5%

उत्साहित

23%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS