IME Life
Beema Board

बीमा कम्पनीले २ अर्ब नयाँ व्यवसाय भित्र्याउदा एक अर्बमाथिको सरेण्डर, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा २ अर्ब २ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा एक अर्ब ११ करोड रुपैयाँको सरेण्डर गरेका छन् । कार्तिकमा सरेण्डरको हिस्सा ५५.३९ प्रतिशत पुगेको छ ।

प्रथम बीमा शुल्क आर्जनको तुलनामा सरेण्डरको हिस्सा बढ्दै जान थालेको छ । असोज महिनामा प्रथम बीमा शुल्क आर्जनको तुलनामा सरेण्डरको हिस्सा ४८ प्रतिशत रहेकोमा कार्तिक महिनामा यस्तो अनुपात बढेर ५५.३९ प्रतिशत पुगेको छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनीका एक जना सिइओ केहि दिन अगाडी नेपाल बीमा प्राधिकरणका उच्च व्यवस्थापक समक्ष जीवन बीमा व्यवसायमा मन्दी आएको भन्दै गुनासो गर्दै थिए । उनको गुनासोमा धेरै नै तनाव मिश्रित थियो । एकातिर प्रथम बीमा शुल्क आर्जन भित्र्याउन मुस्किल छ भने अर्को तर्फ भएको व्यवसायलाई पनि टिकाउनै मुस्किल परिरहेको छ । उनि भन्दै थिए ‘हेर्नुहोस् मैले नसोचेका व्यक्तिहरुबाट सरेण्डर भइरहेको छ । यसरी समाजमा नाम चलेका र राम्रो आम्दानी भएकैले सरेण्डर गर्न थाले पछि अव व्यवसाय कसरी टिकाउने ?’

कार्तिक महिनामा तीन वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन भन्दा सरेण्डर रकम धेरै छ । एलआइसी नेपालले कार्तिक महिनामा १५ करोड २८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ३९ करोड ९ लाख रुपैयाँको सरेण्डर गर्यो । रकमका हिसावले पनि सर्वाधिक ठुलो सरेण्डर एलआइसी नेपालकै छ । यसरी सरेण्डर बढ्दै गयो भने आगामी महिनामा कम्पनीको नविकरण बीमा शुल्क आर्जनमा समेत गिरावट आउन थाल्नेछ ।

त्यस्तै एशियन लाइफले कार्तिकमा ८ करोड ४४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ११ करोड ६५ लाख रुपैयाँको सरेण्डर गरेको छ । गुराँसको पनि एक करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन हुँदा एक करोड ९० लाख रुपैयाँको सरेण्डर भएको छ । यहाँ गुराँस लाइफले व्यवसाय भित्र्याउनै नसक्दा सरेण्डरको अनुपात बढेको हो । मर्जरको बहानामा गुराँस लाइफका कर्मचारी सुतेर बसेका छन् ।

सरेण्डरको सिकार राष्ट्रिय बीमा संस्थापन पनि भइरहेको छ । संस्थानले ४ करोड १७ लाख नयाँ व्यवसाय भित्र्याउदा तीन करोड ९२ लाखको सरेण्डर बेहोर्नु परेको छ । सूर्या लाइफमा सरेण्डरको हिस्सा ९७ प्रतिशत छ । रकममा हिसावले दोस्रो ठुलो सरेण्डर नेपाल लाइफको छ । नेपाल लाइफले कार्तिक महिनामा ४१ करोड ४५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा २८ करोड २४ लाख रुपैयाँको सरेण्डर भएको छ ।

विगतका वर्षमा व्यवसाय खरिद गरेर आफुलाई अगाडी ल्याउने प्रयास गरेको आइएमई लाइफ अहिले सरेण्डरको सिकार भएको छ । जुन कम्पनीले गएका वर्षमा आफुलाई जीवन बीमा शुल्क आर्जनमा अगाडी बढाउन व्यवसाय खरिद गरेका थिए तिनै कम्पनी सबैभन्दा धेरै पेनिक भएका छन् ।

बीमा कम्पनीहरु विच अस्वस्थ प्रतिस्पर्धा व्यापक छ । नेपाल बीमा प्राधिकरणले मनि व्याक पोलिसी र एकल बीमा शुल्क आर्जनमा कडाइ गरे सँगै अस्वस्थ प्रतिस्पर्धामा केहि कमि आएको छ । तर गएका वर्षमा खरिद भएका फर्जी पोलिसी भने भकाभक सरेण्डर भइरहेका छन् । जुन बीमा उद्योगकै लागि राम्रो होइन । कार्तिक महिनामा मात्रै ६ हजार ६४६ वटा पोलिसी सरेण्डर भएका छन् । यसरी सरेण्डर हुने बीमा पोलिसीको बीमाङ्क पनि धेरै ठुला ठुला रहेका छन् ।

बीमा कम्पनीहरुले सरेण्डरबाट पोलिसी संख्या घट्न थाले पछि लघु बीमा पोलिसीमा ध्यान केन्द्रित गर्न थालेका छन् । ठुला पोलिसीका लागि बीमितलाई फकाउन धेरै गाह्रो छ । हिजोका दिनमा अभिकर्ताको अनुरोधमा आफ्नो क्षमता भन्दा ठुलो बीमाङ्कका पोलिसी खरिद गरेका बीमितलाई सबैभन्दा गाह्रो परिरहेको छ । अर्को तर्फ पछिल्लो आर्थिक मन्दी र उच्च महंगीका कारण बीमितको बचत घट्न थालेको छ । सक्नेले पोलिसीलाई निरन्तरता दिन सक्छन् नसक्नेले पोलिसी नै सरेण्डर गराउने गर्छन् । पोलिसी सरेण्डर गराउदा बीमितलाई नै घाटा हुन्छ । यहाँ न त बीमित न त बीमा कम्पनी दुबै पक्षलाई घाटा हुन्छ । अभिकर्ताले प्रथम र नविकरण बीमा शुल्क मार्फत ठुलो रकम कमिशनका रुपमा लगिसकेका हुन्छन् भने कम्पनीको पनि यहि पोलिसीका लागि ठुलो व्यवस्थापन खर्च भइसकेको हुन्छ । त्यसैले सरेण्डर गर्दा सबैलाई घाटा हुन्छ ।

नोट : सूर्या लाइफले प्रस्तुत तथ्याङ्क गलत भएको दाबी गरेको छ । कम्पनीले कार्तिक महिनामा १४५ वटा पोलिसी मार्फत २ करोड ६७ लाख रुपैयाँ सरेण्डर भएको जनाएको छ । यो समाचार नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कका आधारमा तयार पारिएको हो ।

सूर्या लाइफमा कार्तिकसम्म १७ करोड ३६ लाखको सरेण्डर

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

78%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS